नेपालगन्ज फुडफेस्टिभलको  निम्तो बाड्दै संघ


नेपालगन्ज १० फागुन – मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसायी संघ बाँकेले नेपालगन्जमा फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव २०७६ को तयारी तिव्ररुपमा भइरहेको छ । आयोजकले फुडफेस्टिभलमा आउन पाहुनालाई निम्तो गर्न शुरु गरिसकेको छ ।

फुडफेस्टिभल आउने समय नजिकिदै गएकाबेला तयारी तिव्ररुपमा भइरहेको अध्यक्ष भिमलाल कँडेलले बताउनुभयो । उहाँले बिभिन्न उपसमिति मार्फत सक्रियतापूर्वक काम गरिरहेको जानकारी दिनुभयो । उहाँले शनिवार मात्र कपडा ब्याग जुत्ता चप्पल तथा खुद्रा ब्यावसायि सँघको साधारणसभा र आदर्श मावि स्कुलको वार्षिकत्सवमा सहभागिता जनाएर पाहुनाहरुलाई फुडफेस्टिभलमा सहभागि हुन आह्वान गर्नुभयो ।

सुर्खेतरोड धम्वोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भाग मा भब्य लाईट, टेन्ट सहितको व्यवस्थापनमा आयोजना गरिने महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढि स्टल समावेश गरिने छ । सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाइने यस फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

सरसफाई, सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि बिशेष ध्यान पुर्याउने गरी सरोकारवाला निकायबाट अनुमति प्राप्त भइसकेको छ भने आवश्यक समन्वयको सुनिश्चितता गरिएको सचिवालय संयोजक प्रेम शाहले जानकारी दिनुभयो । नेपालगन्जको उत्सवका रुपमा आयोजना गर्न लागिएको फुडफेस्टिभलमा ५० हजार बढिले अवलोकन गर्ने बिश्वास गरिएको छ ।

छिमेकी देश भारतबाट समेत पर्यटक सहभागि हुने फुडफेस्टिभलमा रु २ करोड बढिको कारोबार हुने लक्ष्य राखिएको छ । जसमा बिभिन्न स्वादिला परिकार पस्किने छौं । फुडफेस्टिभलमा कलाकारहरुको बिशेष प्रस्तुती मार्फत सांस्कृतिक संरक्षणको काम समेत गरिने प्रवक्ता डिलाराम शर्माले जानकारी दिनुभयो ।

उहाँले बिभिन्न समुदायमा प्रचलित उत्कृष्ट खानाको परिकारको स्वदेशी तथा बिदेशी पाहुनाहरु माझ परिचय गराउने र व्यवसायीकरण गरेर आर्थिक शसक्तिकरण र पहिचान संरक्षण हुने उद्देश्यका साथ यो फुड फेस्टिभलको आयोजना गर्न लागिएको हो । खाना मात्र नभई भिजिट बर्ष २०२० लाई मुलरुपमा अंगिकार गरि यसको सफल पार्ने र स्वरोजगारिताको विकास गरि देशको आर्थिक विकासमा योगदान गर्ने अर्को लक्ष्य हो ।

प्रकाशित मितिः     ११ फाल्गुन २०७६, आईतवार ०७:५६  |