नेपालगन्ज क्यान इन्फोटेकको आर्कषण : रोबटको ‘फाइट’ हेर्न पाइने


नेपालगन्ज ११ फागुन – क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी तिव्ररुपमा भइरहेको छ ।

मेलामा पहिलो पटक रोबटिक फाईट प्रतियोगिता हुने भएको छ । दुईवटा रोबट एकअर्का बीच भिडाउने प्रतियोगिता दर्शकका लागि बिशेष हुने क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले बताउनुभयो । उहाँले यस पटकको क्यान मेला बिशेष हुने पनि उल्लेख गर्नुभयो ।

विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ नाम दिइएको छ ।

क्यान ईन्फोटेकको ४ थौं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने जानकारी दिए ।

मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने बताईएको छ । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सी।टी। कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने अध्यक्ष शर्माले बताए ।

५ दिनसम्म संचालन गरीने मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको आयोजकले यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको जनाएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईने आयोजकले जनाएको छ ।

यस्ता छन् नेपालगन्ज क्यान इन्फोटेकका ८ बिशेषता :

१. कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी ।
२. अनलाइन अर्निग, आईटी सचेतना, अनलाइन बिलिगं लगायत बिभिन्न विषयमा दैनिक बृदत प्रर्दशनी ।
३.रोबटिक फाईट प्रतिस्पर्धा ।
४. नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी ।
५.सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता ।
६. पब्जी, फिपा लगायतका बिभिन्न खेलहरु ।
७. एग्रीकल्चर ड्रोन को प्रदर्शनी ।
८. फेसबुक, टिकटक प्रतिस्पर्धा ।

प्रकाशित मितिः     ११ फाल्गुन २०७६, आईतवार २०:४३  |