वीमा क्षेत्रमा मोफसलबाटै अब्बल हुनेहरु


दीपनारायण खनाल

नेपालगन्ज शाखा प्रमुख

नेपालगन्ज अत्यन्तै उर्जावान अभिकर्ताको टिम भएको शाखा हो । बौद्धिक र अडिक लिडरहरुले देशकै ध्यानाकर्षण हुने शाखाको रुपमा हाम्रो शाखालाई चिनाउनु भएको छ ।

उहाँहरुबाट मैले स्वयम् पनि धेरै सिकेको छु । मेरा कर्मचारीहरुले पनि मलाई अत्यन्त साथ दिनु भएको छ । अनौपचारिक रुपले प्रदेश प्रमुखको भूमिकामा छु । बाटिका होटलसँगै जोडिएको ५ कठ्ठाको प्लटमा कम्पनीको निजी कमर्सियल भवन निर्माण कार्य शुरु हुँदैछ । यो अचल सम्पत्तिले पनि कम्पनीको अलग परिचय बोकेको छ ।

३३ औंँ वार्षिक उत्सवमा विविध कार्यक्रम अन्तर्गत हामीले वृद्धाश्रममा खाना खुवाएका छौँ । यो घडीमा सबै ग्राहक, लिडर र शुभचिन्तक ज्यूहरुमा बधाई सहित धन्यवाद दिन चाहन्छु । मोफसलबाट राष्ट्रिय हलचल ल्याउने नेशनल लिडर निजी क्षेत्रको पहिलो जीवन वीमाको रुपमा परिचित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि., नेपालगन्जको शाखा प्रदेश शाखाको भूमिकामा छ । यस शाखाको गतिविधि र कारोवारले राष्ट्रिय रुपमै वीमा व्यवसायमा चर्र्चा परिचर्चा भईरहन्छ ।

यसको एउटै कारण हो यस शाखाको मातहतमा रही अभिकर्ताको सञ्जाले नेपालगन्ज शाखालाई हरेक वर्ष व्यवसायीक आरोहणको माथिल्लो खुड्किलो पार गर्न मद्यत पुगेको छ । नेशनल लाइफ इन्स्योरेन्सको ३३ औँ वर्षगाँठमा यस कम्पनी र नेपालगन्ज शाखाको वारेमा व्यवस्थापन र एजेन्सीसँग सम्बन्धित केही व्यक्तिहरुको राय प्रस्तुत गरिएको छ ।

शंकर लामिछाने,

मुख्य व्यवसाय प्रवन्धक प्रमुख कोहलपुर एजेन्सी कार्यालय,

दुईपटक राष्ट्रिय मुख्य अवार्ड विजेता २०६७ सालदेखि नेपालगन्ज शाखाबाट वीमा व्यवसायका लागि आफूलाई समाहित गरेको छु । मलाई दुईहजार भन्दा धेरै प्रियजनहरुले भरोसा गरेर बीमा दिनुभएको छ । बीमाले मेरो क्षमता अभिवृद्धि गरेको छ भने आर्थिक पाटो पनि सबल बनाईरहेको छ । दीपनारायण खनाललाई गुरु मान्दछु र रामचन्द्र तिवारी सरको हौसलालाई सदैव आत्मसाथ गरिरहेको छु जसले मलाई बीमा र बीमा व्यवसायको महत्व बुझाउनु भयो । जुन चीज मैले दैनिक जीवनमा कार्यान्वयन गरिरहेको छु ।

दर्जन बढि देशको भ्रमण, देशभरिका मान्छेले चिन्ने र चिनिने अवस्थासँगै काम, दाम र नाम तीन चीज प्राप्त भएका छन् । नेशनल लाइफ इन्स्योरेन्सको मुख्य कार्यालयसँग पनि सीधा समन्वय गर्ने वातावरण छ । कम्पनीका सञ्चालक र व्यवस्थापन पक्ष अत्यन्तै सबल रहेको देशकै जेठो कम्पनीमा बारम्वार नम्वर १ भएर काम गर्दा आनन्द लागेको छ । अझै धेरै वर्ष यस क्षेत्रमा गर्न सकिने आशा छ । निरन्तर प्रथम हुनुमा नेपालगन्ज शाखाका प्रमुख दीपनारायण खनालज्यूको कुशल र मैत्रीपूर्ण व्यवहार सँगै कर्मचारीको सहयोगी भावना पनि साथमा छ ।

गंगा शर्मा
 मुख्य व्यवसाय प्रबन्धक,प्रमुख नेपालगञ्ज एजेन्सी कार्यालय

२०६२ सालदेखि नेपालगन्ज शाखामा वीमा अभिकर्ताको तालिम लिएर वीमा क्षेत्रमा लागेकी हुँ । बालबच्चालाई राखेर अनेक दुःखका बीचमा यस क्षेत्रमा लागे । घरपरिवारको प्रत्यक्ष साथ भए पछि सफल भए पनि । कडा मेहेनतकै कारण आज म यो स्थानमा आउन सफल भएकी छु ।
वीमा बनाउने कुरा सजिलो छैन । तर साच्चिकै मन लगाएर गर्ने हो भने असजिलो पनि छैन । तर त्यसका लागि दृड इच्छा शक्ति चाहिन्छ । मलाई यस अवधिमा सहयोग गर्ने नेपालगन्ज शाखा सहित सबैलाई सम्झन चाहान्छु ।

शिखा गौतम

थाइल्याण्ड भ्रमणगरेकी कोहलपुरदेखि एक संस्थाले आदर्श बुहारी सम्मान गरेको । एक डेढ वर्षको अवधीमा मैले नेशनल लाइफबाट जे सिकेँ त्यो शब्दमा वर्णन गर्न सक्दिनँ ।

तँलाई के नपुगेर बीमा एजेण्ट बनिस् ? भन्दछन् । तर मैले यो मेरो खुवीको कारण र मेरो रुचीको विषय भएकोले मलाई आफ्नो योग्यताको प्रयोग गर्न हौसला मिलेको छ । मलाई धेरैले साथ दिनुभयो शंकर सर, तुलसी नानु, दीप सर लगायतले दिने माया र हौसलाले सधै फुरिएकी छु । नेशनलको वार्षिकोत्सवमा हामी सबैलाई बधाई छ । धेरै गर्न बाँकी छ । काम गर्ने आफ्नै लागि हो ।

कम्पनीले हाम्रो भविष्यको लागि पनि सोच्ने आशा छ । देशको अग्रणी कम्पनीको अभिकर्ता बन्न पाउँदा आफुलाई भाग्यमानी ठान्छु ।

भूपबहादुर भण्डारी, मुख्य व्यवसाय प्रबन्धक

२०५८ सालदेखि नेपालगन्ज शाखाबाट बीमा अभिकर्ताको रुपमा कार्यरत छु । यो सबै समय व्यवस्थापनको परिणाम हो । जागिरको कारण धेरै ठाउँ सरुवा भईरहने भएपनि म नेशनल लाइफको नेपालगन्ज शाखाप्रति प्रतिवद्ध भईरहेँ ।

कम्पनीले मलाई आधा दर्जन देश घुमायो । धेरै पटक सम्मान ग¥यो । नेशनल लाइफ मुटुमा छ । अरु साथीलाई जस्तो कामको फुर्सद र खुला वातावरण नभएपनि चासो, चिन्ता र सञ्जाल परिचालनले नेशनलमा मेरो भूमिका रहिरहने गर्छ । शाखाको सबैधभन्दा पुरानो लिडरको रुपमा आफूलाई पाउँदा गर्वित छु ।

तुल्सी थापा, चिसापानी बाँके ।

राष्ट्रिय तृतीय अवार्ड विजेता, लिडर मुख्य व्यवसाय प्रवन्धक २०७२ सा देखि म नेशनल लाइफ इन्स्योरेन्समा छु , मलाई शंकर लामिछनेले यस कम्पनीमा स्वागत गराउनु भएको हो ।

बीमा समाजको अध्ययन हो । मागे पछि पइिने कुरा एउटा बीमा पनि हो । जो मेरो व्यवहारमा सावित छ । एउटा बीमा सफल पार्न दशौं पटक पनि पुग्नु पर्ने हुन्छ । नेपालगन्जको सशक्त टिममा आफुलाई पाउँदा खुशी लाग्छ । आधा दर्जन बढि देश शयर गरेँ । देशभरीकाले ‘सानी अभिकर्ता’को रुपमा चिनाएर सिइओ सापसम्मले चासो राख्दा खुशी हुन्छु । मलाई मेरो कामको रफ्तार र परिणाममा अझै चित्त बुझेको छैन । भविष्यमा अझ राम्रो गर्नु छ । शाखाको सपोर्ट अत्याधिक छ ।

हामीले पनि शाखालाई माथि पु¥याएका छौँ । नेशनल लाइफले समाजमा आफ्नो छुट्टै पहिचान दिएको छ । बोल्न, हाँस्न, नाच्न सिकायो । एउटा अलग संसार उपहार दिएको छ । म अत्यन्तै हर्षित छु । मेरो ममी जन्मिएको केही वर्षमा जन्मिएको नेशनल लाइफ जस्तो पुरानो कम्पनीमा काम गर्दा सधै ढुक्क महशुस हुन्छ । नेशनल लाइफ त्याङ्क्यू फर एभ्रिथिङ्ग….।

भावना सापकोटा शिक्षक, भेरी प्राविधिक शिक्षालय ।

खजुरा एजेन्सी कार्यालय प्रमुख, मुख्य व्यवसाय प्रवन्धक, आधा दर्जन विदेश भ्रमण हाम्रो शाखा देशकै एक सशक्त शाखा हुनु मेरो लागि सधै खुशीको कुरा हा । शिक्षण वाहेकको समय म्यानेज गरेर धेरैको माया पाईएको छ । गंगा दिदीको सपोर्ट पाउँदै आएकी छु । देश विदेश घुम्न पाउनु, राम्रा– राम्रा साथी पाउनु खुशीकोे कुरा हो । बीमामा टिक्न सजिलो कहाँ छ र ? तर नेपालगन्ज शाखाका लिडरहरु स्पष्ट छन् । उनीहरुको सञ्जालले मलाई बलियो बनाएको छ । बीमाको बजार टिक्न सक्नेका लागि एकदम राम्रो छ ।

(नेपालगन्जबाट प्रकाशित हुने हाम्रो समाचार दैनिकबाट साभार)

प्रकाशित मितिः     १२ फाल्गुन २०७६, सोमबार ०९:४६  |