बर्दियाको लक्ष्मणपुरमा होमस्टे उद्घाटन


नेपालगन्ज १२ फागुन – प्रदेश ५ का कृषि मन्त्री आरती पौडेलले सोमवार बर्दियाका बाँसगढीस्थित लक्ष्मणपुर होमस्टेको उद्घाटन गर्नुभएको छ ।

छ घरपरिवार सहितको होमस्टे उद्घाटन गर्दै कृषि मन्त्री पौडेलले देशको आर्थिक प्रगतिमा होमस्टेको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले ग्रामिणक्षेत्रमा होमस्टेको बिकासका लागि प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । लक्ष्मणपुरको होमस्टे अत्यन्त आर्कषक रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । बासगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीले स्थानीयलाई आर्थिक गतिविधिसंग जोड्न र बर्दियालाई देशभर चिनाउन होमस्टेले महत्वपूर्ण भूमिका निभाउने बिश्वास व्यक्त गर्नुभयो ।

तालतलैया, नासो पसलका कारण लक्ष्मणपुर सामुदायिक होमस्टे आर्कषक छ ।

प्रकाशित मितिः     १२ फाल्गुन २०७६, सोमबार ११:१९  |