‘नेपालगन्ज क्यान इन्फोटेक बिशेष हुन्छ, हेर्न नछुटाउनुहोला’–रमणी शर्मा


क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुने क्यान इन्फोटेक मेलाको तयारी तिव्ररुपमा भइरहेको छ । सोही सन्र्दभमा क्यान महासंघ बाँकेका अध्यक्ष रमणी प्रसाद शर्मासंग गरिएको संक्षिप्त कुराकानी ।

क्यान इन्फोटेकको उदेश्य के हो ?

विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ आयोजना गर्दैछौं । क्यान ईन्फोटेकको ४ थौं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ ।

मेलामा कतिवटा स्टल रहने छ ?

मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने बताईएको छ । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने छ ।

प्रवेशको व्यवस्था कसरी मिलाउनुभएको छ ?

५ दिनसम्म संचालन गरीने मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको जनाएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइने छ ।

इन्फोटेकका मुख्य बिशेषता के हुन ?

यसपटक बिगतको भन्दा परिस्कृत क्यान इन्फोटेक आयोजना हुँदै छ । बिगतको वर्षभन्दा फरक अनुभुती हुने छ । बिशेष कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी गर्दैछौं । अनलाइन अर्निग, आईटी सचेतना, अनलाइन बिलिगं लगायत बिभिन्न विषयमा दैनिक बृहद प्रदर्शनी हुने छ भने रोबटिक फाईट प्रतिस्पर्धा गरिने छ ।
त्यस्तै नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता गरिने छ भने पब्जी, फिपा लगायतका बिभिन्न खेलहरु हुने छ । एग्रीकल्चर ड्रोनको प्रदर्शनी, फेसबुक, टिकटक प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मितिः     १२ फाल्गुन २०७६, सोमबार १९:२९  |