सम्मान र बालगृहलाई सहयोग गरेर नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले मनायो स्थापना दिवश


नेपालगन्ज १४ फागुन – नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले बुधवार आफ्नो छैंठौ स्थापना दिवश मनाएको छ । स्थापना दिवशको अवसरमा उक्त एशोसिएसनले समाज विकास तथा प्रवर्द्धन केन्द्रलाई एक क्विन्टल चामल, दाल, स्टेसनरी लगायतका सहयोग सामग्री हस्तान्तरण गरिएको थियो । केन्द्रका तर्फबाट मीन बहादुर अर्यालले उक्त सामग्रीहरु बुझेका थिए । त्यस्तै एशोसिएसनले नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई अभिनन्दन गरेको छ ।

बरिष्ठ उपाध्यक्ष प्रमोद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी उपाध्यक्ष, अमित बस्नेत, महासचिव चिरञ्जीवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने लगायतका पदाधिकारी र सदस्यलाई स्वागत गर्नुका साथै व्यवसायीक हकहितका पक्षमा निरन्तर क्रियाशिल रहन शुभकामना दिए । संघका अब्दूल वाहिद मन्सुरीले व्यवसायीक हकहितका लागि मिलेर गर्ने प्रतिवद्धता जनाए ।

एशोसिएसनका अध्यक्ष समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले व्यवसायीक हकहितका सवालमा एशोसिएसले महत्वपूर्ण भूमिका खेलेको बताए । ओलीले संघमा निर्वाचित भएलगत्तै एशोसिएसनबाट पद छाड्ने घोषणा गरिसकेकाले आगामी अधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारे ।

बरिष्ठ उपाध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव बिष्णु जोशीले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष डम्बर बहादुर चन्दले गरेका थिए । कार्यक्रममा एशोसिएसनका अगुवाहरु ध्रुव दाहाल, जहाँगीर मुसलमान लगायतले मन्तव्य राखेका थिए ।

        

प्रकाशित मितिः     १४ फाल्गुन २०७६, बुधबार १५:५५  |