शेरबहादुर खड्का सुजल
कोहलपुर १५ फागुन : प्रतिनिधि सभा बैठकमा पूर्व शान्ती मन्त्री एवं प्रतिनिधि सभा सदस्य सत्या पहाडीले माध्यमिक शिक्षा परिक्षामा सहभागिता हुने बिद्यार्थीहरुलाई आफ्नै परिक्षा केन्द्रमा परिक्षा दिने ब्यबस्था मिलाउन आग्रह गरेकी छन् ।
बिहिवारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै यस्तो माग गरेकी हुन ।
उनले केन्द्राध्यक्ष र निरीक्षकलाई अन्य केन्द्रहरूमा परिचालन गर्न सकिने तर विद्यार्थीहरुलाई घर नजिकै परिक्षा केन्द्रहरूमा परिक्षा दिने ब्यबस्था गर्नुपर्ने उनको तर्क छ ।
बिद्यार्थीहरुलाई टाढा परिक्षा दिन जादा बिभन्न किसिमका समस्याहरु आउने पहाडीको भनाई छ ।
विशेष गरेर पहाडी तथा हिमाल जिल्लाहरुमा बस्ने ठाँउ ,खानेकुराहरुमा लगायतका अभावहरु झेल्ने भएकोले यसले छात्राहरुलाई विशेष गरेर समस्या भएकोले यसलाई मध्यनजर गरेर यस समस्यालाई तत्काल हल गर्न माग गरेकी छन् ।