नेपालगन्ज १६ फागुन : नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नेपाल राष्ट्र बैंक समक्ष बैंक तथा वित्तीय संस्थासंग सरोकार रहेका उद्योगी, व्यवसायी एवं आमनागरिकका समस्या समाधान गर्न माग गरेका छन् ।
शुक्रवार नेपालगन्जमा आयोजित कार्यक्रममा अध्यक्ष मन्सुरीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत अन्य अधिकारीहरु समक्ष बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित समस्याहरुको समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाए ।
पश्चिम नेपालको एैतिहासिक शहर तथा औद्योगिक, व्यवसायिक केन्द्रको रुपमा परिचित रहेको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका निजी क्षेत्र लगायत स्थानिय वासीहरुले वर्तमान अवस्थामा भोग्नु परेको अनेकन बैंकिङ्क समस्या तथा माग बारे पटकपटक सम्बन्धित निकायमा समाधानका लागि स्मरण गराउँद पनि समस्या तथा मागहरु माथि हाल सम्म कुनै पहल नभएको अवस्थामासमस्याहरुको उचित सम्बोधनका लागि ज्ञापनपत्र बुझाइएको संघका प्रवक्ता टंकबहादुर धामीले बताए ।
भेटघाटमा नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिनाथ सापकोटा, यस संघका उपाध्यक्ष अमित कुमार बस्नेत सहभागि रहेको थियो
संघले उठाएका मुद्दाहरु :
– बैंकहरुलेLoan Sensation गर्ने समयमा बढि भन्दा बढि सर्विस चार्ज लिने प्रबृत्तिको अन्त्य गर्नुपर्ने,
– प्रत्येक उद्योगी तथा व्यवसायीहरुको ऋणमा पहँुच पुर्याउनुपर्ने,
– वाणिज्य कार्यालयमा नविकरण गर्न छुटेका उद्योगी तथा व्यवसायीहरुलाई आन्तरिक राजश्व कार्यालयमा कर तिरेको रसिद तथा भौचरका आधारमा ऋण उपलब्ध गराउने वातावरण बनाउनु पर्ने ।
– राष्ट्रिय स्तरका वाणिज्य बैंकहरुले महिला उद्यमीहरुका लागि ल्याएको अनुदान प्रक्रिया सहज र सुलभ बनाउनु पर्ने ।
– बैंकहरुद्धारा ब्याजदरमा वृद्धि भएको जानकारी गराउनु पर्ने ।
– ऋण स्वीकृत गर्दा जिवन बिमा अनिवार्य गर्न नहुने,
– ठुलो रकमको चेक ट्रान्सफर गर्दा सेवा शुल्क निःशुल्क हुनु पर्ने ।
– पटक–पटक चेक बाउन्स हुँदा पनि चेक जारी गर्ने व्यक्ति तथा प्रतिष्ठानलाई कारवाही गर्नुपर्ने ।
– ऋणको तमसुक तथा अन्य कागजातमा सरल र सहज भाषाको प्रयोग हुनुपर्ने ।
– ब्याजको बृद्धि दर र सेवा शुल्क अस्वभाविक खालको हुने गरेकोले यसको निश्चित मापदण्ड बनाउनु पर्ने ।
– बैंकबाट कृषकहरुलाई उपलब्ध गराउने कृषि ऋण सरल र सहज रुपमा उपलब्ध गराउनु पर्ने ।
-छुट्टा छुट्टै क्षेत्रहरुका लागि छुट्टा छुट्टै ब्याजदर कायम गरि तथा उद्योगी, व्यवसायीहरुका लागि न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने ।