नेपालकै नमुना कामको रुपमा कृषि शुलभ कर्जाको व्याजमा अनुदान दिने तयारी गरेको प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १२ जना शुलभ कर्जा सहजकर्ता कर्मचारी माग गरेको छ ।
शुलभ कर्जा सहजीकरण तथा व्याजमा अनुदान कार्यक्रम कार्यविधि अनुसार प्रदेश ५ का १२ वटै जिल्लामा १२ जना सहजकर्ताको माग गरेको हो । माग गरिएको सहजकर्ताहरुले आगामी चैत २ गते सम्म आवेदन दिन सक्ने छन् ।
कृषि विज्ञान, पशु विज्ञान वा व्यवस्थापन संकायमा स्नातक तह उत्र्तीण गरेका व्याक्तिले आवेदन दिन सक्नेछन् ।