नेपालगन्ज १९ फागुन : कम्प्युटर एशोसिएसन नेपाल महासंघ, बाँके शाखा (क्यान महासंघ)को आयोजनामा फागुन २० देखि २४ गतेसम्म नेपालगन्जमा हुन लागेको क्यान इन्फोटेकको सम्पूर्ण तयारी पुरा भएको छ ।
विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ आयोजना गर्न लागिएको क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले बताए ।
क्यान ईन्फोटेकको चौथो संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान इन्फोटेकमा प्रमुख अतिथी प्रदेश ५ को प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती, बिशेष अतिथीमा क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवर लगायत रहनुहुने छ ।
क्यान इन्फोटेक उद्घाटन समारोह भब्य र सभ्य तरिकाले सम्पन्न गर्ने गरी योजना बनाएका छौं । मंगलवार बिहान ११ ः ३० बजे उद्घाटन समारोह शुरु हुने छ । त्यसअघि १० :०० बजे बिपीचोकबाट प्रभातफेरी शुरु हुने छ । उक्त प्रभातफेरी धम्वोझीचोक हुँदै इन्फोटेक आयोजना स्थल सिद्धार्थ कटेजमा पुगेर उद्घाटन समारोहमा परिणत हुने छ । उद्घाटन समारोहलाई नयाँपन दिन यसक्षेत्रमै पहिलो पटक ड्रोनबाट पुष्पवर्षा गरिने छ भने नेपाली विद्यार्थीले बनाएको कारको समेत बिशेष प्रदर्शनी हुने छ । यसका प्रत्यक्षरुपमा अन्यत्र पनि अवलोकन गराउनका लागि सुर्खेतरोडमा डिस्प्लेको व्यवस्थापन गरेको छ ।
इन्फोटेक मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल रहने छ । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने छ ।
५ दिनसम्म संचालन गरीने इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको यस पटकको क्यान इन्फोटेकमा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको जनाएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइने छ ।
यसपटक बिगतको भन्दा परिस्कृत इन्फोटेक आयोजना हुँदै छ । बिगतको वर्षभन्दा फरक अनुभुती हुने छ । बिशेष कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी गर्दैछौं । अनलाइन अर्निङ्ख, आईटी सचेतना, अनलाइन बिलिङ्गं लगायत बिभिन्न विषयमा दैनिक बृहद प्रदर्शनी हुने छ भने रोबटिक फाईट प्रतिस्पर्धा गरिने छ ।
त्यस्तै नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता गरिने छ भने पब्जी, फिफा लगायतका बिभिन्न खेलहरु हुने छ । एग्रीकल्चर ड्रोनको प्रदर्शनी, फेसबुक, टिकटक प्रतिस्पर्धा हुने छ । प्रतिस्पर्धामा सहभागि भई बिजेता बन्नेलाई आर्कषक पुरस्कारको व्यवस्था गरिने छ । क्यान महासंघ बाँकेले क्यान इन्फोटेकका बारेमा जानकारी दिन सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यान महासंघका केन्द्रीय सदस्य ध्रुबराज शर्मा, पूर्व बरिष्ठ उपाध्यक्ष सन्जय थापा, पूर्व केन्द्रीय सदस्य ईश्वर पोख्रेल, प्रदेश सचिव भोजराज तिमिल्सेना, जिल्लाका बरिष्ठ उपाध्यक्ष शिशिर नारायाण श्रेष्ठ, उपाध्यक्ष कमल देवकोटा, महासचिव दीपक खड्का, प्रचार प्रसार संयोजक शरद रिजाल लगायतको उपस्थिती थियो ।