सूचना प्रविधिमा अगाडी बढ्दै छौं


सञ्जय थापा
पूर्व उपाध्यक्ष, क्यान महासंघ

स्थानीय तह गठन भएसंगै शहरदेखि गाउँसम्म विकासका मुद्दामा आशाको सञ्चार पलाएको छ । ती धेरै विकासका मुद्दा मध्ये एक हो, सूचना प्रविधि । जो अहिलेको समयका लागि नभई नहुने पक्ष बन्न पुगेको छ । सूचना प्रविधि बिना हरेक विकासका काम असम्भव छ । धिमो गतिमा भए पनि नेपालमा यसको विकास भईरहेको छ ।

संघीयताको कार्यान्वयनले सिंहदरवार केन्द्रित राज्य गाउँमुखी बनिरहेको बेला सूचना प्रविधिका बिषयमा बिभिन्न चर्चा, परिचर्चा चल्न थालेका छन् । आमनागरिकदेखि नेतासम्मले ‘डिजिटल’, ‘स्मार्ट’ नेपाल निर्माणको बिषयमा बोल्न थालेका छन् । ढिलै भए पनि सूचना प्रविधिको विकासका मुद्दामा हुन थालेका चर्चा परिचर्चाले राम्रै संकेत गरेको छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०७:४५  |