एग्रीकल्चर ड्रोनको प्रदर्शनी हुन्छ


दीपक खड्का
सचिव
क्यान महासंघ, बाँके

यसपटक बिगतको भन्दा परिस्कृत क्यान इन्फोटेक आयोजना हुँदै छ । बिगतको वर्षभन्दा फरक अनुभुती हुने छ । बिशेष कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी गर्दैछौं । अनलाइन अर्निग, आईटी सचेतना, अनलाइन बिलिगं लगायत बिभिन्न विषयमा दैनिक बृहद प्रदर्शनी हुने छ भने रोबटिक फाईट प्रतिस्पर्धा गरिने छ ।

त्यस्तै नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता गरिने छ भने पब्जी, फिपा लगायतका बिभिन्न खेलहरु हुने छ । एग्रीकल्चर ड्रोनको प्रदर्शनी, फेसबुक, टिकटक प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०७:५९  |