सूचना प्रविधिको विकास हुन्छ भन्ने बिश्वास जाग्न थालेको छ


शरद रिजाल
प्रचार प्रसार संयोजक

राज्यको बिकेन्द्रीकरण संगै यतिबेला सूचना प्रविधिका गतिबिधिको क्षेत्र पनि बिकेन्द्रीकरण भएको छ । यो उत्साहजनक कुरा हो । सूचना प्रविधिको विकास हुन्छ भन्ने बिश्वास जाग्न थालेको छ । यो सुरुवात हो भन्ने लाग्छ मलाई । तर गर्न बाँकी कुरा धेरै छन् । हाम्रो माझ थुप्रै चुनौती र अवसर छन् । चुनौतीहरु पर गर्दै अवसरलाई छोप्न सक्यौं भने ‘डिजिटल’ नेपाल निर्माणको सपना बिपनामा परिणत हुन धेरै समय लाग्दैन । त्यसैका लागि हामीले क्यान इन्फोटेक आयोजना गर्दैछौ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०८:०१  |