नेपालगन्जमा यसरी शुरु भयो क्यान इन्फोटेक(फोटो फिचर सहित)


बाँके २० फागुन : सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मंगलवारदेखि नेपालगन्जमा ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोसिएसन विथ वोल्र्ड लिंक’ शुरु भएको छ । इन्फोटेकको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेश सभामुख पूर्ण बहादुर घर्तीले सूचना प्रविधिको विकास बिना सम्बृद्ध नेपाल बन्न नसक्ने बताए ।

उद्घाटन समारोहमा बोल्दै क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले डिजिटल नेपाल निर्माणमा क्यान महासंघले सक्रिय भूमिका निभाउँदै आएको बताउँदै भने,–‘सरकारले डिजिटल नेपाल बनाउने जुन लक्ष्य लिएको त्यसमा हामी सारथी बनेका छौं ।’

कम्प्युटर एशोसिएसन नेपाल महासंघ, बाँके शाखा (क्यान महासंघ)को आयोजनामा शूरु भएको इन्फोटेक फागुन २४ गतेसम्म हुने छ । विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ आयोजना गर्न लागिएको क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले बताए ।

इन्फोटेक मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल रहेका छन् । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल छन् ।

५ दिनसम्म संचालन गरीने इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको यस पटकको क्यान इन्फोटेकमा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको जनाएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ ।

बिशेष कम्प्युटर, मोबाईल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी भइरहेका छन् । अनलाइन अर्निङ्ख, आईटी सचेतना, अनलाइन बिलिङ्गं लगायत बिभिन्न विषयमा दैनिक बृहद प्रदर्शनी भएको छ भने रोबटिक फाईट प्रतिस्पर्धा गरिने छ ।

त्यस्तै नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता गरिने छ भने पब्जी, फिफा लगायतका बिभिन्न खेलहरु हुने छ । एग्रीकल्चर ड्रोनको प्रदर्शनी, फेसबुक, टिकटक प्रतिस्पर्धा हुने छ । प्रतिस्पर्धामा सहभागि भई बिजेता बन्नेलाई आर्कषक पुरस्कारको व्यवस्था गरिने प्रचार प्रसार संयोजक शरद रिजाल लगायतको उपस्थिती थियो ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार १६:०८  |