पर्यटन क्षेत्रका दर्जन संगठनले ऋण भुक्तानीमा मागे सहुलियत


काठमाडौं। पर्यटनसँग सम्बन्धित करिव दर्जन संगठनहरुले कोरोना भाइरसका कारण ब्यवसाय समस्यामा परेको भन्दै सरकारलाई ६ बुँदे माग पत्र बुझाएको छ।

कोरोना भाईरसको कारण पर्यटन क्षेत्रलाई पर्न गएका नकारात्मक प्रभावबाट जोगाउन टान, हान, नाट्टा, एनटिभिए, नाटो, सोट्टो नेपाल, टिब्यान, नारा र रिब्यानका अध्यक्ष तथा प्रतिनिधिहरुले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मीलाई भेटेर आफ्नो माग सुनाएका हुन्।

उनीहरुले सरकारको सहुलियतपुर्ण होटलका साथै ट्राभल, पर्यटन यातायात लगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा समेत दिन माग गरेका छन्। उनीहरुले पुनर्कर्जा पनि उपलब्ध गराउन भनेका छन्।

पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पुर्नतालिका गर्ने तथा व्याजलाई समेत तत्काल पुँजीकृत गर्ने वा सहुलियत डिमाण्ड कर्जाको व्यवस्था गरी एक बर्षपछि मात्र साँवा सहितको आवधिक भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि भनेका छन्।
पर्यटन क्षेत्रमा रहेका श्रमिकहरुलाई आवश्यकता अनुसार कटौती गर्न र श्रमिकहरुको राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तिमा ५० प्रतिशत राहतको व्यवस्था गर्नु पर्ने उनीहरुको माग छ।

यसैगरी श्रमिकहरुलाई पलायन हुन नदिन सरकारले नाथम्सँगको सहकार्यमा निजी क्षेत्रको समन्वयमा बिशेष तालिम तथा सेमिनारको व्यवस्था गरि श्रमिकहरुको पेशा तथा
दक्षता अभिवृद्धि गर्नु पर्ने सुझाब पनि दिइएको छ।

कोरोना भाईरसको कारण पर्यटकहरुले बुकिङ रद्ध ९होटल तथा हवाई टिकट० गरिरहेकोले पुर्नतालिका वा फुल रिफण्डको लागि व्यवस्थापन मिलाइदिन पनि भनिएको छ। पर्यटन व्यवसायीले विभिन्न क्षेत्र अन्तर्गत सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजश्व, बार्षिक सवारी कर तथा स्थानीय करहरुमा ५० प्रतिशत सहुलियत प्रदान गर्न भन्दै हाललाई एक बर्षको लागि कुनै पनि दण्ड जरिवाना नगर्न पनि माग गरिएको छ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७६, शनिबार १४:२२  |