सन्र्दभ नारी दिवश : व्यवसायमा कम छैनन् महिला


ह्याण्डी क्रा्फ्टका क्षेत्रमा परिचित नेपालगन्जकी महिला उद्यमी निरु चौधरी ।

नेपालगन्ज २५ फागुन : उद्योग, व्यवसायक्षेत्रमा समेत महिलाका सक्रिय सहभागि बढ्दै छ । चुलोचौकामा सिमित महिलाहरु सामान्य पसलदेखि ठूला उद्योगसम्म हाक्दै छन् । घरेलु कामधन्दामा मात्र सिमित यस्ता महिलाहरु आर्थिक, सामाजिक रुपले सक्रिय बन्दै आएका हुन् ।
जसले आफ्नै व्यवसाय गरेर आफुमात्र परिवर्तन भइरहेका छैनन् नाम र दाम कमाउदै समाजलाई पनि परिवर्तन गराइरहेका छन् । त्यस्ता क्षमतावान महिला पनि यहिं छन् निर्भिक र निडर भएर करोडका बिजनेश गरिरहेका छन् । अनि सफलको उचाइमा पुगेका छन् । अहिले हरेक क्षेत्रमा महिलाहरुको उल्लेख्य सहभागिता भइरहेकोछ । शिक्षा, स्वास्थ्य, रोजगारी होस् वा ब्यापार ब्यवसायमा महिलाहरु सफल र उदाहरणीय बनेका थुप्रै घटनाहरु छन् ।

नेपाली समाजले सामाजिक, धार्मिक, साँस्कृतिक तथा परम्पराको आडमा महिलाहरुलाई सीमित दायरामा बाँधेको थियो । घरधन्दा गर्ने, बालबच्चा हुर्काउने लगायतका काम मात्र महिलाले गर्ने हो भन्ने सोँचमा आएको परिर्वतनले यतिखेर महिला स्वालम्बि मात्र होइन किर्तीमानी कार्य गर्दै आएकाछन् ।

त्यसको ज्वलन्त उदाहरण बनेका छन् बाँकेका प्रभावशाली महिलाहरु । पछिल्लो समय बाँकेमा उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, राजनीति लगायतको क्षेत्रमा प्रभावशाली महिलाको वश्र्चव हुन थालेको छ । यतिमात्र होइन उनीहरुको कामको खुलेर प्रशंसा समेत गर्न थालिएकोछ । घरधन्दा सम्हाल्दै यी महिलाहरु करोडौंका कारोबार गर्दै आएकाछन् । ठुलठुला होटेल, व्यापार, व्यवसाय उनीहरु एक्लैले धानीरहेका छन् ।
आर्थिक सक्षमताको बाटोमा अग्रसर यी महिलाहरु चुलोचौकाको सिमित दायरालाई फराकिलो बनाउदै अघि बढेकाछन् ।

घरेलु साना उद्योग हुन् वा ठूला ब्यवसायमा यहाँका महिलाहरु अब्बल बन्दैछन् । अचार उत्पादन, खेलौना, कुसन निर्माण, सीलाईकटाई लगायतका काम गरेर आत्मनिर्भरको बाटोमा पनि लाग्न सकिन्छ भन्ने सन्देश यी महिलाहरुबाट पाउन सकिन्छ ।

जसका कारण सानै व्यवसायबाट करोडौंको कारोबार गर्ने महिलाको सूचिमा समेत महिलाहरुको नाम थपिदै आएको छ । महिला उद्यमी संघ बाँकेमा आवद्ध ३ दर्जन बढि महिलाहरुले पनि लाखौदेखी करोडौंको कारोबार गरीरहेका छन् ।

महिला उद्यमी कस्मिरा खातुन ।

संघले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर महिलाहरुलाई विभिन्न सीपमुलक तालीम दिदंै आएकोले ग्रामीण क्षेत्रका महिलाहरु पनि उद्यमी बन्नतर्फ अग्रसर रहेको महिला उद्यमी संघका महिला उद्यमी संघ बाँकेकी महासचिव रेवती सिंह बताउँछिन् । संघ स्थापना भएको १५ वर्ष पुगेको छ । यो अवधिमा सफल उद्यमी महिलाहरुको संख्या दिनानुदिन थपिदै गएकोछ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार, नेपालगन्जमा करीब ५ हजारको संख्यामा उद्योगी व्यवसायी छन् । त्यसमध्ये १ सय बढि उद्योग महिलाहरुले नै एक्लैले सञ्चालन गरिरहेकाछन् ।

बाँके जिल्लामा करोडौको कारोबार गर्ने महिला कति छन् भन्ने यकिन तत्थ्यांक नभएपनि २ दर्जन बढि रहेको अनुमान छ । बाँकेमा लाखौंदेखी करोडको कारोबार गर्दै नेतृत्व तहमा समेत सक्रिय रहेका केहि प्रभावशाली व्यवसायी महिलाहरुबाट अरुले पनि पाठ सिक्न सकिन्छ । घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले पुरातनबादी सोच्नमा परिवर्तन ल्याउन महिला आफै अगाडी बढ्नुपर्ने बताउँछिन् । व्यवसायमा महिला अब्बल छन् भन्ने प्रमाणित भइसकेको उनले बताइन ।

प्रकाशित मितिः     २५ फाल्गुन २०७६, आईतवार ०९:११  |