पब्जि खेल्नेले रु ३० हजार पुरस्कार जिते


नेपालगन्ज २५ फागुन : बालबालिकादेखि युवायुवतीसम्मलाई पब्जि खेलको लत लाग्यो भन्दै त्यसलाई प्रतिबन्ध समेत लगाइयो । तर डिजिटल प्रविधिको उक्त खेललाई सदुपयोग गर्ने हो भने नराम्रो भइहाल्ने पनि होइन । नेपालगन्जमा पब्जि खेलेर युवाको समूहले रु ३० हजार पुरस्कार प्राप्त गरेका छन् । फागुन २० गतेबाट नेपालगन्ज शुरु भएको क्यान इन्फोटेक शनिवार सम्पन्न भएको छ । सोही इन्फोटेकमा बिभिन्न खेल खेलाइएको थियो । त्यसमा उत्कृष्ट हुनेलाई पुरस्कार दिइएको हो ।

क्यान महासंघ, बाँकेका अध्यक्ष रमणी शर्माले प्रविधिलाई सही सदुपयोग गर्नुपर्ने बताउँछन् । उनले दुरुपयोग रोक्न र प्रविधिको सही सदुपयोग गर्ने गरी क्यान इन्फोटेक आयोजना गरेको उल्लेख गरे । पब्जि खेलमा प्रथम र द्धितीय हुनेलाई आर्कषक पुरस्कार वितरण गरिएको थियो । क्यान इन्फोटेकमा पवन खड्का, युवराज गिरी, सफल भण्डारी, अनिल डिसीको समूहले प्रथम हुँदै रु ३० हजार नगद प्राप्त गरेको थियो ।

त्यस्तै अधिराज थापा,रजतप्रताप सिंह, सन्तोष बिसी, हरी श्रेष्ठ, अनिल चौधरीको समूह दोस्रो हुँदै रु १५ हजार नगद पुरस्कार पायो । उक्त खेलमा अनिल डिसी उत्कृष्ट हुँदै रु ५ हजार पुरस्कार पाए ।

यस्तै टिकटकमा मोनिका भण्डारी र सेल्फीमा कुवेर बस्नेत उत्कृष्ट हुँदै ५१र ५१ सय पुरस्कार पाए । सफ्टव्ेयर विकास गर्ने ह्याकाथुनमा ऋषीराम देवकोटा प्रथम, अर्जुन पौडेल, प्रशान्त अधिकारी द्धितीय र सरोज बेल्वासे र लौटन थारुको समूह तेस्रो भए ।
सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ –नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मंगलवारदेखि नेपालगन्जमा ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोसिएसन विथ वोल्र्ड लिंक’ शुरु भएको थियो ।

प्रकाशित मितिः     २५ फाल्गुन २०७६, आईतवार ११:५९  |