सेतुबिक चोकमा यम्मी बाइट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट खुल्यो


नेपालगन्ज २९ फागुन : रु १ करोडको लगानीमा बिहिवारदेखि नेपालगन्जको सेतु विकचोकमा यम्मी बाईट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट सन्चालनमा आएको छ । युवा व्यवसायी चिरञ्जीवि ओली र प्रमोद गुप्ताको लगानीमा उक्त रेष्टुरेन्ट सन्चालनमा आएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले रेष्टुरेन्टको उद्घाटन गर्दै नयाँ नयाँ रेष्टुरेन्ट सन्चालनले शहरको गरिमा बढाएको बताए । संघका महासचिव समेत रहेका ओलीले रेष्टुरेन्टमा बेकरी र भेज आईटममा सम्पूर्ण परिकार पाइने बताए  । रेष्टुरेन्टमा १३ जनाले रोजगारी पाएका छन् ।

 

प्रकाशित मितिः     २९ फाल्गुन २०७६, बिहीबार १३:०३  |