कस्ले थुन्यो न्यूरोडको नाली ?


तस्विर नेपालगन्ज न्यूरोडमा रहेको नालीको हो । शहरको मुख्य भागमा जम्ने पानीको निकासका लागि बनेको उक्त नालीको वरीपरी ठूला भवन छन् ।

नाली सांघुरो छ । कति मिटरको नाली बनाउने भन्ने विषय समेत कुनै बेला बिवादित बनेको थियो ।

एकातिर साँघुरो र अर्कोतर्फ यसरी प्लाष्टिकजन्य फोहोरले नाली भरेपछि पानीको निकास कसरी होला ? जोकोहीले सहजै अनुमान लगाउन सक्छन् । पानी बग्ने नालीमा यसरी प्लाष्टिकजन्य फोहोर पाल्नुमा कस्को कमजोरी छ ? नाली व्यवस्थापनको जिम्मेवारी नेपालगन्ज उपमहानगरपालिकाको हो ।

त्यसमा शंका छैन । उसलाई जिम्मेवार बनाउनै पर्छ । तर यस्ता विषयमा नागरिक दायित्व भने केही नहुने हो र ? यसरी शहर नै डुबानको जोखिममा पार्ने गरी नाली थुन्ने गरी फोहोर फाल्नु हुँदैन भन्ने कुरामा नागरिक सचेत हुने की नहुने ?

यता उपमहानगर पनि नागरिकलाई सचेत गराउँदै नाली व्यवस्थापनमा चुकेको देखिन्छ ।

प्रकाशित मितिः     २९ फाल्गुन २०७६, बिहीबार १३:४३  |