भिजन टिभीमा पारिश्रमिक नपाएको मुद्दा चर्कियो, ७ दिनभित्र भुक्तानी गर्न महासंघको चेतावनी


नेपालगन्ज २९ फागुन : नेपालगन्जस्थित भिजन टेलिभिजनमा कार्यरत पत्रकारले पारिश्रमिक नपाएको मुद्दा चर्किएको छ । भिजन सञ्चार सहकारी सँस्था लिमिटेडद्धारा सञ्चालित भिजन टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भगत राम थारु, रबिन्द्र सिंह ठकुरी लगायतले लामो समयको पारिश्रमिक लिन बाँकी छ । पत्रकार लगायतले पारिश्रमिक नपाएकै अवस्थामा टिभी भने बन्द गरिएको छ ।

सो बिषयमा टेलिभिजनको व्यवस्थापनलाई महासंघको टोलीले भेटेरै अवगत गराउनुका साथै सञ्चारकर्मीहरुको पारिश्रमिक उपलब्ध गराउनका लागि अनुरोध समेत गरिसकेको महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले बताए । टेलिभिजन व्यवस्थापनसंग समेत पटक–पटक भेट गरेर तथा टेलिफोनमा जानकारी गराउँदा समेत सञ्चारकर्मीहरुको पारिश्रमिक उपलब्ध गराउनतर्फ कुनै पहल नगरेको भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आगामी ७ दिन भित्र सम्पुर्ण सञ्चारकर्मीहरुको बाँकी रहेको पारिश्रमिक उपलब्ध गराउनुहुनका लागि अनुरोध गर्दै महासंघले सो टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरुको पारिश्रमिक उपलब्ध गराउनतर्फ पहलकदमी अगाडि नबढाईएमा नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाईमा श्रम अदालतमा मुद्दा दिनुका साथै थप अन्दोलनका कार्यक्रमहरु अगाडि नेपाल पत्रकार महाँसघ बाँके बाध्य हुने अबगत गराइएको छ ।

प्रकाशित मितिः     २९ फाल्गुन २०७६, बिहीबार १७:५१  |