होटल व्यवसाय धरासायी हुनबाट जोगाउन यस्ता राहात उपलब्ध गराउन माग


नेपालगन्ज १ चैत : कोरोना संक्रमणका कारण प्रभावित रुपन्देहीस्थित बुद्धिस्ट सर्किट क्षेत्रका होटलले सरकारसंग राहात मागेका छन् । सिद्धार्थ होटल एशोसिएसनले महामारीका कारण होटल व्यवसाय नराम्रो गरी प्रभावित भएको बताउँदै थप क्षती हुन दिन राहात घोषणा गर्न माग गरेको अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए ।

अहिले देखा परेकोको मारमा सबैभन्दा धेरै पर्यटनक्षेत्र परेको छ । बुद्धिस्ट सर्किट एरियामा रहेका पर्यटक स्तरीय ५ तारे, ४तारे, ३ तारे,२ तारे, डिलक्स र बजेट स्तरीय होटेलको अग्रिम बुकिङ्ग रद्ध भएको अवस्था छ ।

होटल व्यवसायीहरु सुधारको मौका कुरेर बसिरहेको अध्यक्ष श्रेष्ठले बताए । आफुहरुले सरकार महामारी रोक्न चलाएको अभियानमा पूर्ण समर्थन र साथ जनाएको बताउँदै अध्यक्ष श्रेष्ठले राहात घोषणा गरिदिन आग्रह गरे ।

व्यवसाय सन्चालन गर्न,भवन निर्माण गर्न, बैंकबाट प्रोजेक्ट लोन, ब्यवसाय ओडि, टर्म लोन लिएर ब्यावसाय सन्चालन गर्दै आएका छन् । यस्तो अवस्थामा पर्यटन ब्यवसायी मात्र नभई समग्र नेपाल भरिका पर्यटन ब्यावसायी प्रतिष्ठान डुब्ने हुदा सरकार लाई अभिभावकको भुमिका निर्वाह गर्दै राहतको घोषणाको जोरदार गरिएको छ ।

न्युनतम बिजुलीको डिमान्ड शुल्क मिनाहा, पर्यटन ब्यवसायीको बैकको ब्याज र किस्ता लाई कम्तिमा ६ महिनालाइ पर धकेल्नु पर्ने र अवस्था हेरि थप्नु पर्ने, करको हिसाब एक आर्थिक बर्ष सम्म २०७८ असार मसान्त सम्म बुझाउन पाउनु पर्ने सम्मको राहत उपलब्ध तत्काल घोषणा भनिएको छ ।

प्रकाशित मितिः     १ चैत्र २०७६, शनिबार ११:१५  |