रत्नराजमार्ग हुँदै कर्णाली प्रदेश जाने यात्रुको स्वास्थ्य परीक्षण शुरु भएको छ । स्वास्थ्य परीक्षणका लागि कोरोना भाईरस प्रतिकार्य योजना अन्तर्गत कर्णाली प्रदेश सरकारद्वारा प्रदेश प्रवेश नाका बबईमा स्थापित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेक्स उक्त राजमार्ग हुँदै आवतजावत गर्ने जोकोहीको अनिवार्य स्वास्थ्य परीक्षण हुने गरेको छ । हेल्थ डेक्सको शनिवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र माननीय सामाजिक विकासमन्त्री दल रावत लगायतले अनुगमन गरेका थिए ।