बर्दियाको बढैयाताल गाउँपालिका पर्यटनमा फड्को मार्दै छ । तालकै नामबाट नामाकरण गरिएको गाउँपालिकाले पर्यटनमार्फत पालिकालगायत स्थानीयको आयस्तर वृद्धि गर्ने रणनीति अघि सारेपछि पर्यटन पूर्वाधार निर्माणमा कम्मर कसेको हो। बढैयाताल पर्यटकीय तथा जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण छ। १ सय १० बिघा क्षेत्रफलमा फैलिएको तालको नामबाट गाउँपालिकाकै नामाकरण गरिएको थियो। बढैयातालको प्राकृतिक शुन्दरतालाई किरण तिमिल्सिनाले यसरी क्यामेरामा कैद गरेका छन् ।
