बाँकेका अधिवक्ता गोपालनाथ योगीले संघीय संसदको महासचिवको जिम्मेवारी पाएका छन् ।
मनोहरप्रसाद भट्टराईको पाँच वर्षे कार्यकाल समाप्तिसँगै संघीय संसद्मा गोपालनाथ योगी कार्यवाहक महासचिव नियुक्त भएका छन्।
आइतबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको छलफलपछि योगी कार्यवाहक महासचिव नियुक्त भएका हुन्। योगी प्रतिनिधि सभाका सचिव हुन्। संसद् सचिवालयका चार सचिवमध्ये वरिष्ठताका आधारमा योगीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।