नेपालगन्ज ४ चैत : सुन सबैका लागि महत्वपूर्ण हुन्छ । जति नै महङ्गो भए पनि सुन किन्नेको कमी हुँदैन । नेपालमा वर्षेनी कति सुन भित्रिन्छ होला ?
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैदेशिक व्यापार प्रवृत्ति तथ्यांक अनुसार, आर्थिक वर्ष २०७६÷७७ को छ महिनामा ८ अर्वको सुन आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्व ४२ करोड मुल्य बराबरको सुन आयात भएको थियो ।
वस्तु खरिद गर्दा त्यसको भोलिपल्ट नै ती वस्तुको मूल्य कम हुन्छ । तर बजारमा त्यस्तो वस्तु पनि छ, जसको मूल्य एक दशकपछि बिक्री गर्दा पनि जर्तिको मूल्य बाहेक पूरै रकम पाउँछ। त्यो बस्तु हो– ‘सुनचाँदी’
भविष्यमा गएर पनि सुनचाँदी बिक्री गर्दा आफूले खरिद गरेको मूल्य भन्दा बढी पैसा पाउने आशा आमउपभोक्ताको हुन्छ । परम्परादेखि नै नेपालमा विभिन्न जातजातिले लगाउने मौलिक संस्कृतिमा सुनचाँदी, ज्वाहारात, रत्न पत्थरको प्रयोग हुने गरेको छ ।
नेपालमा हाल सुनचाँदीको कारोबारबाट राष्ट्रिय आयमा वार्षिक ९ अर्बको योगदान पुगेको छ । सुनको मुल्य बढेका कारण पनि यसको कारोवार घट्दै गएको पाइएको छ ।