कोरोना रोक्न सीमामा खटिएका कर्मचारीलाई सामान्य मास्क र पन्जाको भर !


अपर्याप्त साधन स्रोत र जनशक्तिका बीच पनि जमुनाह नाकामा खटिएका राष्ट्रसेवक कर्मचारी नेपाल प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्न व्यस्त छन् । स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारी नाकामा कोरोना संक्रमण बिरुद्ध निगरानी गर्न व्यस्त छन् । उनीहरुको काँधमा कोरोना संक्रमण भित्रिन नदिइ आफ्ना नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी छ ।

अरुलाई जेगाउन सीमामा खटिएका कर्मचारी आफै भने जोखिममा छन् । उनीहरुसंग भरपर्दो साधनस्रोत छैन । सामान्य मास्क र ग्लोब्स (पन्जा)कै भरमा काम गरिरहेका छन् । यसले सामान्य धुलो मात्र रोक्न सक्छ । त्यही पनि सरकारले दिएको जिम्मेवारी आनाकानी नगरी पुरा गरिरहेका छन् ।

प्रकाशित मितिः     ६ चैत्र २०७६, बिहीबार १०:१३  |