नेपालगन्ज ७ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि भइरहेका तयारीमा कुनै पनि कमी आउन नदिन शुक्रवार ‘बिपद्कालिन राहात कोष’ निर्माण गरेको छ । संघले उक्त राहात कोषमा रु २ लाख १५ हजार ७ सय ११ रकम जम्मा गरेको छ ।
संघको तर्फबाट रु १ लाख १ हजार १ सय ११ र संघका पदाधिकारी एवं कार्यसमितिका सदस्यको व्यक्तिगत तर्फबाट रु १ लाख १४ हजार ६ सय रुपैया जम्मा गरिएको हो । ग्लोबल आईएमई बैंकमा खाता खोलेर संघले राहात कोष कार्यान्वयन गरेको अब्दुल वाहिद मन्सुरीले बताउनुभयो ।
संघले उद्योगी व्यवसायी, सामाजिकक्षेत्र एवं बिभिन्न पेशागत संघसंगठनलाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ । आर्थिक सहयोग गर्न चाहाने उद्योगी, व्यवसायीले ग्लोबल आईएमई बैंक, त्रिभुवनचोक शाखामा रहेको चल्ती खाता नं. २१०१०१०००८६६ मा रकम जम्मा गर्न सक्ने अध्यक्ष मन्सुरीले बताउनुभयो । कोषमा जम्मा भएको रकम कोराना भाइरस बिरुद्ध भइरहेको आवश्यक तयारी खर्च गरिने संघले जनाएको छ । कोषमा जम्मा हुने रकम सार्वजनिक गरिने छ ।
कस्ले कति सहयोग गरे ?
अध्यक्ष अब्दुल वाहिद मन्सुरी : १,५१००/—
निर्वतमान अध्यक्ष नन्दलाल बैश्य : ११,००० /—
प्रथम उपाध्यक्ष आदेश कुमार अग्रवाल : ५,१००/—
द्धितीय उपाध्यक्ष अमित कुमार बस्नेत :५,१००/—
महासचिव चिरञ्जीवी ओली : ५,५००/—
उपमहासचिव धर्मराज अर्याल : ५,०००/—
कोषाध्यक्ष हरिलाल न्यौपाने : ५,०००/—
प्रवक्ता टंकबहादुर धामी : ५,०००/—
कार्यसमिति सदस्यहरु
मन्दिरा पाण्डे : २,१००/—
बिजय भण्डारी : ५,१००/—
टंक प्रसाद शर्मा : ५,०००/—
बिष्णु प्रसाद श्रेष्ठ :३,०००/—
भीमबहादुर रानाभाट : ५,१००/—
टेकबहादुर खड्का : ५,१००/—
एशोसिएसट सदस्य दिपेन्द्र बिष्ट : ११,००० /—
भीमलाल कँडेल : २,१००/—
बरिष्ठ सदस्य बसन्त लामिछाने : ५,०००/—
पार्वती आचार्य : ५,०००/—
उषा कुमारी थापाक्षेत्री : २,१००/—
निरज गौतम : ५,१००/—
सुनिल कुमार बनिया : २,१००/—