स्वास्थ्यकर्मीलाई चिकित्सक संघ भेरीको पाँच सुझाव


नेपाल चिकित्सक संघ भेरीले कोरोना भाइरसबाट संक्रमित हुन नदिन स्वास्थ्यकर्मीलाई यस्ता पाँच सुझाव दिएको छ । यो सुझाव मात्र नभई सरकारले स्वास्थ्यकर्मीका लागि गर्नुपर्ने व्यवस्था गर्ने माग पनि हो । संघका अध्यक्ष डा. बिनोद कर्णद्धारा जारी सचेतना सम्बन्धी बिज्ञप्तीको व्यहोरा यस्तो छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वभर द्र’त गतिमा बढ्दै गएको र धेरै मानिसहरूलाई संक्रमित हुनबाट रोक्न विभिन्न सामाधानीका उपायाहरू अपनाउन विश्वभर आब्हान गरिरहेकाे सन्दर्भमा नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिमा रहेकाे ब्यहोरा बिधितै छ । बिरामीको उपचारमा प्रत्यक्ष संलग्न हुने स्वास्थ्यकर्मी लगायत कर्मचारीहरूमा उक्त भाइरस संक्रमण हुन सक्ने उच्च सम्भावना भएकाे हुँदा देहाय बमाेजिमका उपायहरू अपनाउन अनुरोध छ ।

तपसिलः
-स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाइ अस्पतालमा हाजिर गर्ने स्थानमै ज्वरो नाप्नने ब्यवस्था गर्नु हुन ।
-विभिन्न औषधी व्यावसायीका प्रतिनिधिहरु Medical Representative लाई अर्को सूचना नआउन्जेलसम्म नियमित भेटघाट बन्द गरिदिनु हुन ।
-अस्पताल भित्र पनि संक्रमण ब्यवस्थापनका गर्नका लागी संकास्पद बिरामीलाइ दिइने सेवा अन्य बिरामी भन्दा बेग्लै कोठा लगायत आवश्यक औजार, उपकरण तथा सरसामान (PPE) को ब्यवस्था गरिदिनु हुन
-अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाइ पनि संक्रमण हुन नदिन साबधानी अपनाउने ।
-कोरना भाइरस संक्रमणित अवधि सम्मको लागी अस्पतालको नियमित OPD सेवा (आपतकालिन सेवा बाहेक) र इमरजेन्सी अपरेशन बाहेकका शल्यकृया संभव भए सम्म बन्ज्द गराउनकाे लागी अनुरोध तथा सुझाव गरिएको छ ।

 

प्रकाशित मितिः     ८ चैत्र २०७६, शनिबार ०९:४२  |