नेपालगन्जका २५ ठाउँमा ‘वाटर एटिएम’, ५ रुपैयामा चिसो पानी पाइने


नेपालगन्ज ८ चैत : देशकै सबैभन्दा गर्मी हुने नेपालगन्जमा पिउने पानीको अभाव टार्न ‘प्रिपियड वाटर एटिएम’ सन्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा डिएसएस फुड एण्ड एग्री सप्लायर्सले नगरका सबै वडा सहित २५ ठाउँमा यस्तो वाटर एमिएट बुथ सन्चालन गर्न लागेको हो ।

एउटा वाटर एटिएम सन्चालन भइसकेको र बाँकी निर्माणको अन्तिम चरणमा रहेको डिएसएस फुड एण्ड एग्री सप्लायर्सका सन्चालक मिस्वाहुल हक अन्सारीले जानकारी दिए । चैत महिना भित्र सबै पाटर एटिएम निर्माण भइसक्ने उनले बताए । वाटर एटिएममा चिसो पानी प्रति गिलास(३ सय एमएल) ५ रुपैया, चिसो पानी प्रति लिटर ५ रुपैया, अरु पानीको हकमा भने ३ रुपैया शुल्क कायम गरिएको छ ।

पानीको शुद्धताको ग्यारेन्टी हुने र त्यसमा कुनै प्रकारको सम्झौता नगर्ने अन्सारीले दावी गरे । ‘अत्याधुनिक मेशिन सहित जारको पानी पिउने व्यवस्था गरेका छौं । यसको शुद्धतामा कुनै पनि प्रकारको सम्झौता गर्दैनौ ।’ अन्सारीले भने–‘वाटर एटिएमले बटुवा देखि सबैस्तरका नागरिकलाई राहात दिने छ ।’ सबै वाटर एटिएम बनाउन अन्सारीले रु ७५ लाखसम्म लगानी गरेका छन् ।

प्रकाशित मितिः     ८ चैत्र २०७६, शनिबार १७:५१  |