नेपालगन्जको लायन्स डेन्टल अस्पतालमा ४० शैयाको आइसोलेशन कक्ष तयार गरिएको छ । कोरोना भाईरस बिरुद्धको जिल्ला स्तरीय समन्वय समितिले २४ घण्टामै ४० शैयाको अस्पताल तयार पारेको हो ।
नेपालगन्जस्थित खजुरा रोडमा रहेको लायन्स डेन्टल अस्पताललाई आइसोलेशन कक्षमा परिणत गरिएको हो । समन्वय समितिकी संयोजक उमा थापा मगरले भारतबाट आउने नागरिकहरुका कारण कोरोना संक्रमणको जोखिम बढेकाले रातारात आइसोलेशन वेड सहितको अस्पताल तयार गरीएको बताईन । तयार गरीएको अस्पतालमा कोरोनाको संक्रमण देखिएका बिरामीहरुलाई उपचारकालागि राखीने भएको छ ।