नेपालगन्ज १० चैत : जमुनाह नाकामा अलपत्र पाँच सय बढि नेपालीको उद्धार गरिएको छ । नेपालगन्जको सिमा जमुनहामा भारतबाट आएर अलपत्र परेका सबै नेपालीलाई नेपालगन्ज ल्याइएको हो ।
उनिहरु सबैलाई नेपालगन्ज नगरपालिकाको बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसको भवनमा राखिएको छ। सबैको स्वास्थ्य जाँच गरेर उनिहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको अस्थाई क्वारेन्टाइनमा लगिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।
बाँके प्रशासनले सम्बन्धीत जिल्लाका ब्यक्तिहरुलाई क्याम्पसमा केही समय राखेर सवारीसाधनको ब्यबस्थासहित उनीहरुको गन्तव्यमा पुर्याउने भएको छ।
अब भने कोहिलाई पनि आवतजावत गर्न नदिई पुर्ण रुपमा सिमा बन्द गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिएका छन् ।
जमुनाहमा ५ सय बढि नेपाली भोकभोकै अलपत्र, उद्धार र व्यवस्थापनमा गम्भीर लापरवाही