नेपालगन्ज १० चैत : कोरोना भाइर संक्रमण हुन नदिन सरकारले आमनागरिकलाई घरमै बस्न आह्वान गरेको छ । तर अधिकांसले यसलाई अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बल प्रयोग गर्नेसम्मको तयारी गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखलाई सामुन्ने राखेर केहीबेर अघि जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सम्भवत भोलीबाट सुरक्षाकमीै लगाएर मानिसहरुको आवतजावत रोक्न लगाइने छ ।
यस सम्बन्धमा बिस्तृत निर्णय लिन सुरक्षा समितिको बैठक बस्ने तयारी समेत भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए । आमनागरिकले स्वस्फुर्तरुपमा सरकारी निर्देशन पालना गरिदिए हुन्थ्यो भन्ने चाहाना बाँकेमा आशिंकले मात्रा पुरा गरेका खड्काले बताए । अब भने प्रहरी परिचालन गरिने उनले उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी बीरबहादुर ओलीले आफुहरु अब लचक नबन्ने बताउँदै कडारुपमा प्रस्तुत हुने स्पष्ट पारे ।