डा. राजन पाण्डेको सुझाव,–‘कृपया घरमै बस्नुहोस्’


स्वास्थ्य सतर्कता अपनाएर बिरामीको सेवा गर्दै डा. राजन पाण्डे ।

नेपालगन्ज १० फागुन : कोरोना संक्रमण हुन नदिन सरकारले आमनगारिकलाई घरभित्रै बस्न अनुरोध गरेको छ । तर कयौंले यस्तो अनुरोधलाई अवज्ञा गरिरहेका छन् । मानिसको आवतजावत कम हुँदा कोरोना सर्ने जोखिम कम हुने भएकाले सरकारले आवागमनमा रोक लगाएको हो ।

सरकारी निर्देशनको अवज्ञा भइरहंदा बिभिन्न क्षेत्रबाट त्यसको कार्यान्वयनका लागि कडाई गर्नुपर्ने आवाज समेत उठेको छ । चिकित्सकहरुले पनि कोरोना संक्रमण हुनबाट बच्न घरभित्रै बस्नुको बिकल्प नभएको सुझाइरहेका छन् । नेपालगन्जका चर्चित फिजिसियन डा. राजन पाण्डेले त्यस्तै सल्लाह दिएका छन् । सामाजिक सन्जाल फेसबुकमा पाण्डे लेख्छन्,–‘हामीसंग बिकल्प छैन । तर तपाईसंग बिकल्प छ । कृपया घरमै बस्नुहोस् । प्लीज…. प्लीज…. ।’

प्रकाशित मितिः     १० चैत्र २०७६, सोमबार १९:२१  |