लकडाउन कार्यान्वयनका लागि नेपालगन्जका चोक–चोकमा प्रहरी,भित्री सडकमा भिडभाड


नेपालगन्ज ११ चैत : कोरोना भाइरस संक्रमण रोक्न सरकारले मंगलवारबाट लागू गरेको लकडाउन नेपालगन्जमा लगभग सबैले पालना गरेका छन् । मुख्य सडक सुनसान छन् भने भित्री भागमा चहलपहल देखिन्छ । अत्यावश्यक सेवा सुविधाका लागि प्रयोग हुने सवारीसाधन मात्र चल्न पाएका छन् । प्रहरीले माइकिङ्ग गर्दै घरबाहिर ननिस्किन अनुरोध गरेको छ । अन्यथा बल प्रयोग गर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मितिः     ११ चैत्र २०७६, मंगलवार ०९:४१  |