कोरोना बिरुद्ध प्रदेश ५ मा चौधरी फाउण्डेसनको बिभिन्न सहयोग


नेपालगन्ज ११ चैत : चौधरी फाउण्डेसनले प्रदेश ५ का बिभिन्न अस्पताललाई सहयोग गरेको छ । मंगलवार लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल भैरहवा, आयुर्वेद अस्पताल दाङ र प्रदेश प्रहरी अस्पताल नेपालगन्जका लागि पिपिई, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।

प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री श्कुलप्रसाद केसी र नवलपुरका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न क्वारेन्टाइन सेन्टरलाई अत्यावश्यक त्यस्ता सामाग्री हस्तान्तरण गरेको हो । प्रदेश नं. ५ सरकारसँगको छलफलका आधारमा चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले ती सामग्री हस्तान्तरण गरेका हुन ।

 

प्रकाशित मितिः     ११ चैत्र २०७६, मंगलवार १६:४१  |