नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले सामाजिक सन्जाल मार्फत व्यक्त गरेको अनुरोध ।
-हाल फैलिएको विश्व व्यापि कोरोना भाईरसको संक्रमणसंग हामिलाई जुध्नु त छ नै त्यो संगसंगै कोरोनासंग बच्न विभिन्न माध्यमबाट जनचेतना र सहयोग गर्नेहरुबाट पनि राम्रो सहयोग भईरहेको छ । यसै विषयमा विभिन्न व्यक्ति, संघ संस्थाले गरेको सहयोगलाई उपलब्धि मुलक बनाउन तपसिल अनुसार सहयोग गर्न सकियो भने उचित हुन्छ भन्ने मलाई लाग्छ ।
-मास्क थ्रि लेएरको, सैनिटाईजर र गलोब्स ( पहिलो प्राथमिकता खटिएका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि
-पिपिई किट र आवश्यक मेडिकल सामाग्री (आइसोलेशनअस्पतालहरु
-पानी, खाजा, खाना ( खटिएका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, कोरोनटाईन र अस्थाई अस्पतालमा रहेका बिरामि र नेपाल बोर्डरमा बिचल्लिमा परेका नेपाली
-सबै भन्दा ठुलो सहयोग सबै आ-आफ्नो घरमा लकडाउन
-यो बाहेक आर्थिक सहयोग गर्न चाहनेहरुका लागि स्थापना गरिएको आपतकालिन कोषमा रकम जम्मा गरेर ।