मजदुरी गरी खाने परिवारको सहायताका लागि बाँकेमा बन्यो कोष , सांसद नमुनाले दिइन ५० हजार


नेपालगन्ज १२ चैत – दैनिक ज्यालामजदुरी गरेर खानुपर्ने बाध्यताका मानिसहरुको सहयोगका लागि बाँकेमा कोभिड- १९ सहायता कोष बाँके निर्माण गरिएको छ ।

उक्त कोषमा प्रदेश सांसद एवं नेकपाकी नेतृत्व कृष्णा केसी नमुनाले रु ५० हजार जम्मा गरेकी छन् ।

दिउँसो मजदुरी गरेर साँझ, बिहानको छाक टार्नेका लागि अबका दिन निकै कठिन हुने छन् । त्यस्ताको सहायताका लागि यस्ता कदम अत्यन्त जरुरी थियो । सांसद केसीकै अगुवामै यस्तो सहायता कोष निर्माण भएको हो ।

केसीले लकडाउनको अवस्थामा कुनै पनि परिवार भोकै पर्न नपरोस् भनेर कोष बनाएको बताउँदै सहयोगका लागि अपील समेत गरेकी छन् ।

उनले उक्त कोषमा जम्मा हुने रकम सार्वजनिक हुने बताइन । कोषमा नेपालगन्जका डा. राजन पाण्डेले रु ५० हजार,डा रोम बोराले २१ हजार, व्यवसायी गिरीराज भुषालले १० हजार दिने घोषणा गरेका छन् ।

प्रकाशित मितिः     १२ चैत्र २०७६, बुधबार १६:५४  |