भाटभटेनीले कोभिड- १९ बिरुद्ध सरकारलाई दियो रु १ करोड


काठमाडौं। भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा सहयोग गर्न सरकारलाई रु १ करोड सहयोग गरेको छ । बुधवार कोरोना भाईरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचारकोषमा सहयोग स्वरुप रु.एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदका सचिव नारायण प्रसाद विडारीलाई हस्तान्तरण गरिएको छ । भाटभटेनी सुपर स्टोरका प्रवन्ध निर्देशक मीन वहादुर गुरुङ्ग र निर्देशक सावित्री गुरुङ्गले उक्त चेक हस्तान्तरण गरेका हुन ।

भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत यो रकम खर्च गरिएको हो ।

‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छौं,’ गुरुङले भने ।

प्रकाशित मितिः     १२ चैत्र २०७६, बुधबार १७:११  |