तरकारी विक्रेतालाई कालोबजारी नगर्न चेतावनी, छलफलका लागि उपमहानगरले बोलायो


नेपालगन्ज,चैत १२ । नेपालगन्जको रानितलाउ स्थित सब्जी मन्डिमा नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा बुधबार संयुक्त बजार अनुगमन भएको छ ।

टोलिले तरकारीको खुद्रा मूल्य सुचि टास गर्न र कालिबजारी नगर्न निर्देशन दिएको छ । कालो बजारी हुन नदिन र तरकारीको सहज आपूर्तिका लागि टोलिले तरकारी ब्यवसायी र समितिलाइ छलफलका लागि बिहिवार उपमहानगरपालिका बोलाएको छ । वडा नम्बर ८ अध्यक्ष सुरेन्द्र बैश्य,उपमहानगरपालिकाका प्रशासन प्रमुख शरद पौडेल,बाणिज्य कार्यालय प्रमुख कृष्ण पौडेल लगायत टोलिमा सहभागी हुनुभएको थियो ।

प्रकाशित मितिः     १२ चैत्र २०७६, बुधबार १९:००  |