बिश्वभर फैलिएको कोरोना भाइरसको महामारी बिरुद्ध सरकारले गरेको लकडाउनको घोषणा नेपालगन्जमा उल्लंघन भएको छ ।
भिडभाड नगर्ने हो भने कोरोना संक्रमण रोकिने सम्भावना प्रवल हुने भएकाले सरकारले घरमै बस्न आग्रह गरिरहेको हो ।
तर दिनभार लकडाउन कार्यान्वयन हुन्छ भन् साँझ पाँच बजेपछि नेपालगन्जमा पहिलेको जस्तै भिडभाड र जाम लाग्छ । यसले लकडाउन घोषणाको ओचित्य पुष्टि गर्न सकिरहेको छैन् ।
लकडाउन पूर्ण कार्यान्वयन गरिरहेकालाई सन्त्रास फैलाइरहेको छ । सामान्य दिनजस्तै यहाँका स्थानियहरु खुलेआम बजारमा हिडडुल गर्दा समेत प्रहरी प्रशासन मुकदर्शन बनेर बस्ने गरेको छ ।
दिनभर सुनसान रहेका क्षेत्रमा बेलुका स्थानियहरुको चहलपहल बढेको छ ।
नेपालगन्ज कोहलपुर मुख्य सडकका अलावा धम्बोझी, त्रिभुवन चोक, गणेशमान चोक, शिक्षण अस्पताल, शब्जी मण्डी लगायतका क्षेत्रमा उल्लेख्य सँख्यामा स्थानियहरु जम्मा भएका छन । निजि सवारी साधन समेत निर्वाध रुपमा संचालनमा आएका छन ।
कोहलपुर क्षेत्रमा समेत बेलुका स्थानियहरुको चहल पहल बढेको छ । भित्रि सडकहरुमा आवातजावत गर्नेको क्रम बढेको हो । जसले गर्दा केही हदसम्म सफल मानिएको लकडाउनको मर्ममाथी प्रश्न चिन्ह उब्जीएको छ ।