सोफिया स्कूलले विपन्न वर्ग मजदुर लक्षित कोषमा ३० हजार रुपैयाँ सहयोग गर्ने


बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले विपन्न वर्ग मजदुर लक्षित कोषमा ३० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यस कोषमा रकम दिएर सहयोग गर्ने निर्णाय भएको स्कुल संञ्चालक सदस्य डक्ट प्रसाद धितालले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ५ का सांसद कृष्ण केसी नमुनाको अगुवाइमा खडा गरिएको यो कोषमा अहिले विभिन्न क्षेत्रबाट रकम जम्मा हुन थालेको छ ।

सांसद नमुना आफैले पनि ५० हजार रुपैयाँ कोषमा जम्मा गरेको बुधबार घोषणा गर्नुभएको थियो ।

प्रकाशित मितिः     १३ चैत्र २०७६, बिहीबार १४:०३  |