कोराना सन्त्रास : बाँचौं र बचायौं


  • सुर्य ढकाल

मानवको परीक्षा, कर्मको परीक्षा, अहिलेको विज्ञान प्रविधि र मेडिकल साइन्सको परीक्षा ।

यी सबै परीक्षा लिन विभिन्न समय समयमा समाजमा महामारीको त्रासदीबाट गु्रजिदै आएको छ । तर महामारी सबै समाजमा समान रुपले विकाराल हुने गरेको छैन ।

महामारी तथा विपत प्राचीनकालदेखि मानव समाजले भोग्दै आएको छ ।

प्रकृति प्रकोप, मानवीय हिसां, सरुवा रोग र भोकमरी जस्ता विपतहरु पटक पटक मानव समाजले सममना गर्दै आएको छ । अहिले २१ औं शताव्दीमा कोरानाको महामहारी हामीले भोगिरहेका छौ । भोग्दै छौ ।

समाज विकास क्रमको आदिम युगपछि कृषि युगमा प्रवेश गरेदेखि नै यस्ता महामारीहरु मानव समाजले भोग्दै आएको छ ।

कृषि र महामारी के कही कतै अन्तर सम्बन्ध रहेको त छैन ? आजसम्म जति महामारी फैलिएको छ त्यो पशुपन्क्षीमा लाग्ने रोग मानवमा सरेपछि पैmलिएको देखिन्छ । के सक्रमणको सम्बन्ध पशुसँग छ ? यो प्रश्न सोचनीय बनेको छ ।

कृषि अर्थतन्त्र मात्र नभएर धेरै चिजमा चिन विश्वमा अग्रस्तानमा रहेको छ । कृषि अर्थतन्त्रमा सबै भन्दा पहिला अग्रसर हुने राष्ट्र पनि चिन नै हो । चिनपछि युरोपीयन देशहरु हुन् ।

आज कोराना भाइसर पनि चिनबाट सुरु भई युरोपमा व्यापक सक्रमण भएको छ । यसको सैद्धान्तिक कारण केही छ कि एउटा सन्योग मात्र हो पछि थाहा होला नै । महामारीको पनि आफ्नै इतिहास होला ।

जब मानिस घुमन्ते युगबाट कृषि युगमा प्रवेश ग¥यो तब सामुहिक रुपमा बसोवास गर्न थाल्यो । क्रमश जनघनत्व बढी हुन थाल्यो । जहाँ जनघनत्व बढी हुन्थो त्यही ठाउँबाट महामारी फैलिने गरेको छ । कृषि युगमा प्रवेश गरेपछि मानिसले जङ्गली जनवारलाई घर पालुवा जनबारका रुपमा पाल्न थाले । क्रमश जनवार र मानिसको विचमा सम्र्पक बढ्न थाल्यो ।

यसबाट जनवारलाई लाग्ने रोग मानिसमा सक्रमण भयो । यही संक्रमण पछि महामारीको रुप धारण गर्न पुग्ग्यो । क्षयरोग, औलो, विफर, प्ले, दादुरा, हैजा, टि वी, एड्स जस्ता रोगहरु कुनै न कुनै माध्यम हुँदै जनवारबाटै मानिसमा सरेको पाइन्छ । अहिले विश्व भरि फैलिएको कोरोना पनि चमेरोबाट मानिसमा सरेको हो भन्ने बजार हल्ला छ ।

महामारी बाट विश्वले धेरैे ठूलो क्षति व्यहोरेको छ । १३५२ मा युरोपमा फैलिएको प्लेगको महामारीबाट युरोपमा एक चौथाई जनसख्या सखाप भएको थियो । पहिलो विश्व युद्ध समाप्त भएपछि इन्फलुयेन्जाबाट फैलिएको महामारीबाट दुई करोडभन्दा बढी मानिसको मृत्यृ भएको इतिहास छ । यस्ता माहामारी इतिहास देखि नै व्यहोर्दै आएका छांै । हाम्रो नेपाली समाज कुनै बेला लुतो, पिलो, गानो, रुघाखोकी, जुका, टिभी, हैजा, विफर जस्ता रोगबाट बचेर आएको छ ।

कुनैबेला काठमाडौलाई त्राहि त्राहि पारेको महामारी हैजा र विफर थिए । हैजाको महामारीबाट मानिस कति भयभित थिए भन्ने कुरा कसैलाई गाली गर्न प¥यो भने “तँलाइ हैजाले लैजा नसकेका” भन्ने शव्दवालीको प्रयोगले आजसम्म पाएको निरन्तरताले त्यस बेलाको हैेजा महामारी कति फैलिएको र भयभित पारेको रहेछ भन्ने पनि देखाउँछ । अहिले गाउँघरतिर झगडा गर्दा कसैले सराप्नु पर्दा “भुइचालोले लान नसकेको” शव्दवाली हामी सुन्छौं । २०७१ सालमा हामीले माहाप्रलयकारी भुकप्प सहनु प¥यो । यसरी प्रयोग गरिने शव्दवालीबाट थाहा पाउन सकिन्छ कि त्यस बेला मानिसहरुलाई कति त्रास बनाएको रहेछ ।

नेपालको महामारीको इतिहास हेर्दा काठमाडौमा सबैभन्दा बढी महामारी फैलिएको छ । महामारी फैलिनुको कारण बढी जनघन्तव पनि हो । यस पटक सरकारले काठमाडौंमा कोराना भाइरस नफैलिओस् भनेर बेलैमा काठमाडौंलाई लक डाउन्ड गरेको छ । विगतमा हामीसँग औषधीको जोहो थिएन जब काठमाडौंमा विफर फैलियो त्यो महामारीबाट बच्न काडमाडांैमा मठ मन्दिर निर्माण गरी देवी देवताको स्थापन गरे जसको कारण महामारी रोकियो भन्ने किम्बदन्ती पढ्न र सुन्न पाइन्छ ।

राजा प्रतापसिंह शाह, गीवार्णयुद्ध विक्रम शाह लगायतका राजाहरु विफरको महामारीमा परेर मरेको इतिहास हामीले पढेका छौं । राजा रणबहादुर शाहले विफर लागेकोलाई काठमाडौंबाट निकाला गरेको इतिहासबाट थाहा पाउन सकिन्छ ऊ बेला कति महामारी फैलिएको रेहछ । त्यो समयमा पनि महामारीबाट बच्न काठमाडौ बन्द गरिएको पाइन्छ ।

आज हामीलाई कोरोनाले त्यही अवस्थामा पु¥याएको छ । लकडाउन गर्न बाध्य पारेको छ । क्षयरोग, औलो, विफर, प्ले,दादुरा, हैजा, वर्डफ्लु, टि वी, एड्स जस्ता महामारीबाट बच्न वा सुरक्षित रहन विभिन्न उपायहरु अपनाउने गरिएको पाइन्छ । संक्रमति व्यत्तिलाई बस्तीबाट अलगै राख्ने, बाटोघाटोमा भाज हाली बाहिरका मानिसहरुलाई गाउँमा पस्न नदिने गरिन्थ्यो । हैजा लागेकालाई गाउँ कटाउने, कुष्टरोगीलाई बस्तीबाट टाठा राखेमा महामारी र्फैलिन पाउदैन भन्ने जनविश्वास व्यहोरेका बुढापाका अझै भेटिन्छन् । अहिले भनिने क्वारेन्टाइन, आइसोलेसन,कै प्रतिरुप थियो ।

महामारी समय समयमा आउँदो रहेछ । मानवीय क्षति गराएर पनि मानव जातिको समग्र अस्तित्व माथिनै धावा बोल्न चाहि नसक्ने रहेछ । अहिले विज्ञान प्रविधि र चिकित्साविज्ञानको प्रगतिले सरुवा रोग विरुद्ध हासिल गरेका उपलव्धी र मानवीय चेतना संचारको विकासले हिजोको भन्दा कम जोखीपुर्ण बनाएको पक्कै छ । महामारी फैलिन नदिन आवज जावतमा नियन्त्रण संक्रमण भएकालाई छुट्टै ठाउँमा राख्ने विगत देखिनै अभ्यास हुदै आएको रहेछ । आवश्यक परे यस्तो कार्य गर्न गराउन तत्परता देखाउन सक्नु पर्दछ । संसार भरीको महामारीलाई

नियाल्ने हो भने गाउँमाभन्दा शहरमा बढी महामारी फैलिएको पाइएको छ ।
नेपाल चिनको असल छिमेकी देश हो । चिन र नेपालको सिमाना जोडिएको छ । चिनले नेपालको अप्ठारो परिस्थितिमा तन मन धन तिनै तर्पmबाट सहयोग गर्दै आएको पनि छ । अहिले पनि कोरानासँग लड्न वा जुध्न वा उपचार गर्न आवश्यक सबै सहयोग गर्ने वचन बद्धता व्यक्त गरेको छ । चिनसँग सिमना जोडिएको नेपालमा कोरोना भाइरस नेपाल नछिरेर एक चोटी विकसित राष्ट्रहरुमा सक्रमण फैलिएको छ ।
नेपाल चीनको तुलनामा राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक हरेक कुरामा कम विकसित छ ।

चीनपछि तुरुन्तै नेपाल प्रवेश गरेको भए कोरोनाले नेपालीहरुलाई सजगता अपनाउने समयसम्म पनि दिदैनथ्यो । कोरोनाले पनि नेपालको अवस्था बुझेजस्तो देखियो । आर्थिक रुपले विपन्न देशको तयारीको लागि समय दिएको जस्तो देखियो । प्रगतिमा मत्तासुर भएका देशहरुलाई चेतवानी दिएको पनि त हुन सक्छ कोरोनाले ।

नेपाली जनताले जस्तो सुकै विपतिहरु पनि सामना गर्दै आएका छन् । कारोनाको त्रास छ नै । यो बेला पनि नेपालीले संयमता अपनाउनै पर्छ । जेहोस आजसम्म हामी सुरक्षित छौं । हाम्रो श्रोत साधन र क्षमताको पूर्व तयारी गर्ने अवस्था प्राप्त भएको छ । सरकारले आफ्नो साधन स्रोत परिचालन गरी सकेको छ । चार महिना पहिले चिनको हवई प्रान्तको वुहान शहर बाट फैलिएको कोरोना भाइरस कोभिड १९ आज विश्व भर महामारीको रुपमा फैलिएको छ ।चिनलाई संकट प्रदा पश्चियजगत हासिरहेको थियो ।

चिन माथी दोसारोपन गरिरहेका थिए । १ अरव ४० लाख जनसख्या भएको चिनले आफनो देश मा कोरोना नियन्त्र गरेर एउटा सन्देश दिएको छ ।चिन सरकारले जारी गरेको विधि वा प्रयोग भनेको आफै सुरक्षि हुने र अरुलाई पनि सुरक्षि गर्ने तरिका बाटै सफल भएको हो ।हामी पनि अहिले सरकारले होम क्वारान्टइनमा बस्न भिडभाडमा नजान,साबु पानीले नियामित हात धुन,हात नमिलाउन र घरै बस्न भनेको छ ।आफ्नो स्वास्थ्यको ख्याल आपैm राखौं । कोरोनाको महामारी बाट सबैलाई बचाउ ।

प्रकाशित मितिः     १३ चैत्र २०७६, बिहीबार ११:५४  |