नेपालगन्ज १३ चैत : भारतीय बजार रुपैडियामा रोकिएका ग्याँसका आठवटा बुलेट नेपालगन्ज भित्रिएका छन् ।
कागजात लिएर रुपैडिया जान लागेका भेरी र मनकामना ग्याँसका प्रतिनिधिलाई भारतीय सुरक्षाकर्मीले रोकेका कारण ग्याँस नेपाल भित्रिन पाएका थिएनन् । ग्याँस कम्पनीका प्रतिनिधि कागजात लिएर गई भन्सार गरेपछि मात्र ग्याँस आउन पाउने व्यवस्था छ ।
तर बिहिवार बिहान दश बजेसम्म ग्याँस बुलेट रुपैडियामै रोकिए । भेरी ग्याँस उद्योगको ५ र मनकामनाको ३ गरी आठ बुलेट ग्याँस सीमामा रोकिएका र्थि । आयल निगम नेपालगन्ज कार्यालयका प्रमुख बिनोद पोख्रेलका अनुसार, ती ग्याँस बुलेन नेपालगन्ज भित्रिसकेको छ ।