नेपालगन्ज १३ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले ‘लकडाउन’ का क्रममा दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिनका लागि अत्यावश्यक पसल, व्यवसाय खोल्ने व्यवस्था मिलाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिवार भएको सर्वपक्षिय बैठकमा खाद्यन सामाग्रीको अभाव सिर्जना नदिन संघलाई अग्रसरता लिन आग्रह गरिएको थियो ।
बैठक पछि संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गरी अत्यावश्यक सेवाका पसल, व्यवसाय खुल्ला गर्ने व्यवस्था मिलाइएको जानकारी गराएका हुन ।
औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी लगायत सरकारले तोकेको अत्यावश्यक व्यवसाय र त्यसमा प्रयोग हुने सवारी साधन सन्चालन गर्न कुनै रोकटोक नगर्ने प्रशासनले प्रतिवद्धता जनाएको संघले जनाएको छ ।
‘अन्यौलताका कारण अत्यावश्यक सेवासंग सम्बन्धित पसल व्यवसाय समेत बन्द हुँदा बजारमा अभाव सिर्जना हुने अवस्था देखियो ।’ संघका अध्यक्ष मन्सुरीले भने–‘प्रशासन र हामीबीच आज भएको छलफलबाट त्यो अन्यौलता हटेको छ । अब अत्यावश्यक सेवासंग सम्बन्धित पसल, व्यवसाय निर्धक्क भएर सन्चालन गर्न सकिने छ ।’
संघले पसल, व्यवसाय सन्चालन गर्ने उद्योगी, व्यवसायलाई आफ्नो स्वास्थ्य सुरक्षा पूर्णरुपमा अपनाउन र सेवाग्राहीको ठूलो भिडभाड नगर्न सुझाव दिएको छ । दूरी कायम गरी र भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा दिन आग्रह गर्दै संघका अध्यक्ष मन्सुरीले भने,—‘सचेत र सजग भई पसल व्यवसाय सन्चालन गर्दा पनि कुनै प्रकारको वाधा अवरोध भए हामीसंग सम्र्पक गर्न सक्नुहुने छ ।’
जिल्ला प्रशासन कार्यालय बाँकेको छलफलमा संघका प्रवक्ता टंकबहादुर धामीको पनि सहभागिता थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको छलफलमा संघका प्रवक्ता टंकबहादुर धामीको पनि सहभागिता थियो । प्रवक्ता धामीले अब अत्यावश्यक सामाग्रीको अभाव नहुने बताए ।