यो हो नेपालगन्जको क्वारेन्टाइन ! बसेकाहरु भन्छन्,–‘कोरोनाले भन्दा क्वारेन्टाइनले मार्ने डर भयो’


नेपालगन्ज १३ चैत – नेपालगन्जमा कोरोना भाइरसको संक्रमणको बिरुद्धमा भइरहेको तयारी कस्तो छ ? यो प्रश्नको जवाफ खोज्नका लागि माथिको तस्विर हेरे पुग्छ । यो तस्विर महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनको हो । जहाँ बिभिन्न ठाउँका आठ जनालाई क्वारेन्टाइन गरिएको छ ।

संक्रमण फैलिएको ठाउँमा बस्दै आएका मानिस आफ्नो देश फर्किनु परे स्वदेशको स्वास्थ निकायले उनलाई स्वास्थ जाँच गरि संक्रमणको लक्षण छ छैन भनेर हेर्न र लक्षण नदेखिए त्यस्तालाई यस्तो व्यवस्थित ठाउँमा राखिन्छ जहाँ बाहिरी मान्छेसँग निकट सम्पर्क नहोस् ।

इन्क्युवेसन अवधि सम्मका लागी उक्त ब्यक्तिलाई कडा निगरानिमा निश्चित समयसम्म राखिने स्थानलाई नै क्वारेन्टाइन भनिन्छ । क्वारेन्टाइन सफा र सुग्घर हुनुपर्ने हो । तर अह ! उक्त क्वारेन्टाइनमा नत राम्रो सुत्ने व्यवस्था छ नत खाने नै । कोचाकोच भरिएको जेल भन्दा कम बिजोग छैन । जम्मा आठ जना मानिसलाई क्वारेन्टाइन गर्नका लागि प्रभावकारी क्वारेन्टाइनको व्यवस्था नगरेको देख्दा सम्भावित जोखिम नेपालगन्जले कसरी टार्छ ?

सिमेन्टको फर्स माथि एउटा प्लाईउड र म्याटको भरमा दिन रात विताउनु परिरहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन् । उनीहरुले बिरामी हुने अवस्था सिर्जना भइसकेको बताएका छन् । क्वारेन्टाइन मान्छे बस्ने लायकको नभएको उनको भनाई छ ।

सौचालय देखि खाने बस्ने व्यवस्थामा ख्याल नगरिदिदा आफुहरुले कुनै अपराध गरेको जस्तो विना कारण सजाय भोग्न परिरहेको क्वारेन्टाइनमा बसिरहेका बैजानाथका एक व्यक्तिले बताए । उनले अवस्था बेहाल भएको बताएका छन ।

सौचालयमा जादा मच्छेर धुप बालेर मात्र जान सकिन्छ । समयमा खाना आउदैन । बुधवार तीन जना र आज ५ जना थप क्वारेन्टाइन बसिरहेका छन ।

प्रकाशित मितिः     १३ चैत्र २०७६, बिहीबार २१:२४  |