नेपालगन्ज मेडिकल कलेजले कर्मचारीको मनोवल बढायो, केही भए रु १० लाख क्षतिपूर्ती दिने


नेपालगन्ज ४ चैत : नेपालगन्ज मेडिकल कलेजले कोरोना संक्रमण बिरुद्धको अभियानका क्रममा खटिने आफ्ना कर्मचारीलाई भवितव्य भए रु १० लाख बराबरको रकम उपलब्ध गराउने भएको छ । त्यसका लागि कोष व्यवस्था गरिएको कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए । डा. कनोडियाले व्यक्त गरेको भनाई यहाँ प्रस्तुत छ,

COVID-19 बिरुद्ध हाम्रो दायित्व र पेशागत कर्तब्य

नेपालगन्ज मेडिकल कलेज अहिले कोरोना COVID-19 बाट बिश्व आक्रान्त भइरहेको बेला कोरोना बिरुद्ध सचेतना र उपचार लागि तयारीमा लागिरहेको छ यो संकटको घडिमा हामी सरोकारवालाहरूसँग हातेमालो गर्न प्रयासरत छौ ।

नागरिकको स्वास्थ्यको लागि सधै चिन्तित छौ । यसका लागि हाम्रो व्यवस्थापन, डाक्टर, नर्सिङ टिम, सरसफाई टिम, सुरक्षा र उपलव्ध मानवीय संसाधन हरपल सक्रिय छ । सरकारी प्रयास, अनुगमन र विदेशी प्रविधिको सहयोग आउने कुराले झनै हामिलाई हौसला बढाएको छ । संक्रमणसंग लडन र उपचारमा खटिन हामी जतिबेला पनि तयारि अबस्थामा रहनु पर्नेछ । यो संकटको घडिमा सबैको साथ र हातेमालोमा हामी नागरिकको स्वास्थ्य सुरक्षाका लागि हाम्रा डाक्टर नर्स तथा सम्पुर्ण जनशक्तिको अझबढी हिम्मत, लगनशीलता र प्रतिबद्धता छ भन्ने उदाहरण पेश गर्न चाहन्छौं ।

यस कठिन परिस्थितिमा अस्पताललाई हाम्रो जनशक्तिको ठुलो भर छ, नेपाल सरकारसंग हाम्रो आग्रह छ की यस मेडिकल कलेज र अस्पतालमा कार्यरत हाम्रा चिकित्सक र कर्मचारी आम नागरिकको उपचारको क्रममा भवितव्य वा मृत्यू भएमा सरकारी कर्मचारीले पाउने सरहको सुविधा र क्षेतिपुर्ति सरकारी क्षेत्रबाट उपलब्ध हुन सके प्रभाबकारी हूने थियो ।

हाललाई जोखिमको मध्यनजर गर्दै कलेज र अस्पताल वा खटाईएको क्षेत्रमा कामगर्दा भवितव्य परिहालेमा भवितव्य पर्नेहरु प्रत्येक कर्मचारीको लागि रु १० लाख बराबरको रकम उपलव्ध हुने गरि कोष व्यवस्थापन गरिएको जानकारी गराउन चाहन्छौ ।

प्रकाशित मितिः     १४ चैत्र २०७६, शुक्रबार २१:४२  |