लकडाउन उल्लंघन नगरौ : नेपालगन्जमा घरमै बसेर यसरी खाद्यन र तरकारी किन्न सहज हुँदै छ


नेपालगन्ज १५ चैत : लकडाउनका क्रममा नेपालगन्जमा उत्पन्न हुन सक्ने खाद्यन, तरकारीका जस्ता अत्यावश्यक सेवाको खरिद विक्री सहज हुँदै छ ।

जिल्ला प्रशासन कार्यालय, नेपलगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा विभिन्न माध्यमबाट खाद्यन, तरकारी, दूधजन्य अत्यावश्यक सेवाको खरिद विक्रीलाई प्रभावकारी बनाइएको छ ।

सर्वसाधारणहरु यसका लागि लकडाउन उल्लंघन गरी भिडभाड गर्दै बाहिर जानुनपर्ने भएको छ । लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासन कडा भएको अवस्थामा दैनिक उपभोग्य सामाग्री कसरी खरिद गर्ने भन्ने चिन्ता हट्दै छ ।

अहिले नेपालगन्जमा अत्यावश्यक सेवा सन्चालनमा अवरोध सिर्जना गरिएको छैन । उनले दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिने गरी प्रभावकारी कदम चालिएको बताएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले पनि तरकारी व्यवसायीसंग छलफल गरेर होमडेलिभरीको व्यवस्था गरेको छ । यसमा उपमेयर उमा थापामगरले सक्रियता देखाएकी छन् ।

त्यसले पनि लकडाउन उल्लंखन खटाएको छ । भिडभाड हुन नदिएर त्यस्ता पसल सन्चालन गर्न पाइएको छ । त्यसलाई अझ सहज बनाउनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले पहल गरिरहेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

बिभिन्न फर्महरुले होमडेलिभरीको अभियान नै शुरु गरेका छन् । उनीहरुले घरघरसम्म तरकारी, दूध एवं अन्य दैनिक उपभोग्य सामाग्रीको होमडेलिभरी गरिरहेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले दैनिक उपभोग्य सामाग्रीको अभाव र कालोबजारी हुन नदिन सरोकारावाला निकायसंगको समन्वयमा निगरानी गरिरहेको बताए । उनले दैनिक उपभोग्य सामाग्रीको कालोबजारी, अभाव र त्यस्ता पसल, व्यवसाय सन्चालनमा अवरोध भए संघलाई जानकारी गराउन अपील गरेका छन् ।

 

प्रकाशित मितिः     १५ चैत्र २०७६, शनिबार ०८:२५  |