लकडाउनमा सहयोग दिने नाममा अनियन्त्रित भिड जम्मा पार्दै, नेपालगन्जमा कसैसंग समन्वय छैन


नेपालगन्ज १५ चैत : सामाजिक दूरी कायम गर्ने हो भने कोरोना भाइरसको संक्रमण फैलिन पाउँदैन भन्ने बैज्ञानिकले पुष्टि गरिसकेका छन् । त्यसैका आधारमा सरकारले भिडभाड नियन्त्रण गर्न लकडाउनको घोषणा गरेको हो ।

तर यही मौकामा खाद्यन र मास्क जस्ता सामाग्री सहायता गर्न खोज्नेहरुले अनियन्त्रित भिड जम्मा पार्दै छन् । दुःखमा साथ दिनु राम्रो कुरा हो । तर अहिलेको परिस्थिती अर्कै छ ।

प्रकोेपमा सहायता गरेको जस्तो होइन । यस्तो बेला भिडभाड नहुने गरी सरकारी निकायसंग समन्वय गरेर सहयोग वितरण गर्नुपर्नेमा ठिक उल्टो भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले यसमा कडा निगरानी गरेको छ । उपमेयर उमा थापामगरले वडा र नगरपालिकासंग समन्वय गरेर सहायता वितरण गर्न निर्देशन दिएको छ ।

प्रकाशित मितिः     १५ चैत्र २०७६, शनिबार ११:१०  |