‘अत्यावश्यक सेवामा अवरोध भए र अभाव/कालोबजारी देखे खबर गर्नुहोस्, ‘क्विक रेस्पोन्स’ गर्छौ’


 

  • अब्दुल वाहिद मन्सुरी

                   अध्यक्ष

   नेपालगन्ज उद्योग वाणिज्य संघ

बिश्वभर फैलिएको कोरोना भाइरस ९ऋयखष्म (ज्ञढ० का कारण सम्पूर्ण जनमानसमा त्रास उत्पन्न भएको छ भने नेपालको अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ । हामी उद्योगी, व्यवसायीका यस्ता पीडाहरु त छदै छन् त्यसबाहेक ठूलो पीडा र चूनौती भनेको यतिबेला कोरोना महामारीबाट मानिसको जीवन जोगाउनु रहेको छ । यसप्रति हामी सचेत र सजग भइ संघर्षरत छौं ।

बिश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना संक्रमणको अत्यन्त जोमिखपूर्ण राष्ट्रको सूचिमा राखेकाले हामीले उच्च सतर्कता अपाउनुपर्ने आवश्यकता छ । भारतमा कोरोनाको संक्रमण बढ्दै गएको परिस्थिती एकातिर छ भने अर्को तर्फ नेपालमै कोरोना संक्रमण भएका बिरामी देखा परेको छ ।यस अवस्थाप्रति नेपालगन्ज उद्योग वाणिज्य संघ समेत गम्भीर भई कोरोना संक्रमण बिरुद्धको अभियानमा सक्रियतापूर्वक लागिपरेको स्पष्ट पार्न चाहान्छौ ।

अहिले हामी माझ कोरोना संक्रमण बिरुद्धको अभियानमा लड्ने र त्यसक्रममा लागू गरिएको लकडाउनमा पनि जनताको दैनिकी सहज बनाउने जिम्मेवारी थपिएको छ । यस्तो विषम परिस्थितीमा बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिन र कालोबजारी रोक्नका लागि सरोकारवाला निकायसंग निरन्तर सम्पर्क र समन्वय गरिरहेका छौं । फेरी पनि बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव र कालोबजारी भए, ‘लकडाउन’को अवस्थामा सरकारले सन्चालन अनुमति दिएको अत्यावश्यक सेवा जस्तै औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी जस्ता पसल, व्यवसाय र त्यसमा प्रयोग हुने सवारी साधन संचालनमा अवरोध भए सिंधै मलाई वा संघका साथीहरुलाई फोनमा जानकारी गराउन सक्नुहुने छ ।

देशलाई अफ्ठयारो परेका बेला हामी उद्योगी, व्यवसायी सहायताका लागि सदैव अग्रसर भएकै छौं । नेपालगन्जमा पनि अहिलेको अवस्थासंग लड्न बिपत्तकालिन राहात कोष निर्माणदेखि नेपाली सेना, प्रहरी, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छौं । अर्थतन्त्रमा गम्भीर धक्का लागेको बर्तमान अवस्थामा समेत नागरिक दायित्वलाई नबिर्सिएर कालोबजारी नगर्न, नगराउन र दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिन आग्रह गर्दछौ । साथै अत्यावश्यक सेवाका पसल व्यवसाय सन्चालन गर्दा भिडभाड नगर्न र सावधानी अपनाउन अनुरोध छ ।

प्रकाशित मितिः     १५ चैत्र २०७६, शनिबार १४:४५  |