स्वास्थ्य सामाग्री बोकेको जहाज नेपालगन्ज विमानस्थलमा यसरी चिप्लियो,सबै सकुशल


बाँके १५ चैत : स्वास्थ्य सामाग्री लिएर लिएर आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ । जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

नाइन एन एकेयु कलसाइन भएको उक्त विमान ल्याण्डिङ्गको क्रममा धवनमार्गबाट केही मिटर पर उछट्एिको थियो । विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको ठाकुरले बताए ।

विमानमा सवारलाई केही नभए पनि विमानमा भने क्षती पुगेको छ ।  बिमान पश्चिम नेपालका कोरोना आंशका गरिएका बिरामीको स्ल्याव लिन आएको थियो ।

प्रकाशित मितिः     १५ चैत्र २०७६, शनिबार १२:०४  |